असोज ३१,सोलुखुम्बु । चाडपर्वका समयमा हुन सक्ने आपराधिक गतिविधि नियन्त्रण गरी नागरिकलाई सुरक्षित वातावरणमा पर्व मनाउने व्यवस्था मिलाउन सोलुखुम्बुमा ३ सय ३९ जना प्रहरी परिचालन गरिएको छ । जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले चाडपर्व लक्षित विशेष सुरक्षा योजना लागू गर्दै जिल्लाको सुरक्षा व्यवस्था सुदृढ बनाएको हो ।
चाडपर्वका समयमा बजार, सार्वजनिक स्थल, यातायातका साधन तथा नागरिकको बढी आवतजावत हुने क्षेत्रमा चोरी, लुटपाट र ठगीलगायतका आपराधिक गतिविधि हुन सक्ने भएकाले त्यस्ता गतिविधि नियन्त्रण गर्न विशेष सुरक्षा व्यवस्था मिलाइएको प्रहरीले जनाएको छ ।
चाडपर्व मनाउन घरबाहिर निस्कने, किनमेलका लागि बजार जाने तथा विभिन्न स्थानमा यात्रा गर्ने नागरिकको सुरक्षालाई प्राथमिकतामा राखेर प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी निरीक्षक एवं सूचना अधिकारी मौसम तामाङले जानकारी दिनुभयो । उहाँका अनुसार चाडपर्वका समयमा हुन सक्ने सम्भावित आपराधिक गतिविधि नियन्त्रण गर्नुका साथै नागरिकलाई निर्धक्क भएर पर्व मनाउने वातावरण निर्माण गर्न सुरक्षा सतर्कता बढाइएको छ ।











Discussion about this post