असोज ३१, सोलुखुम्बु । खोटाङको ऐँसेलुखर्क गाउँपालिका–६ का नौ वर्षीय बालक जुवास बुढाथोकीको काभ्रेमा ग्यास बुलेटको ठक्करबाट मृत्यु भएको छ । दुर्घटनामा बालकका बुबा र आमा घाइते भएका छन् । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–१३ स्थित अरनिको राजमार्गमा आज बिहान भएको सवारी दुर्घटनामा जुवासको मृत्यु भएको हो । प्राप्त विवरणअनुसार काठमाडौँबाट बनेपातर्फ जाँदै गरेको भारतीय नम्बर प्लेटको ग्यास बुलेटले विपरीत दिशाबाट गइरहेको मोटरसाइकललाई ठक्कर दिएको थियो ।
मोटरसाइकलमा सवार ऐँसेलुखर्क गाउँपालिका–६ निवासी २९ वर्षीय चन्द्र बुढाथोकी, उहाँकी २७ वर्षीया श्रीमती रेणुका राई र नौ वर्षीय छोरा जुवास घाइते भएका थिए । घाइते तीनै जनालाई उपचारका लागि अस्पताल लगिएकोमा जुवासलाई बिहान ६ बजे चिकित्सकले मृत घोषणा गरेका थिए । दुर्घटनामा घाइते भएका बालकका बुबा चन्द्र र आमा रेणुकाको उपचार भइरहेको छ ।











Discussion about this post