कार्तिक ४, सोलुखुम्बु । हिमाली जिल्ला सोलुखुम्बुमा एक महिनाको अवधिमा ६७ वटा सवारी साधन कारबाहीमा परेका छन्। जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका अनुसार चालु आर्थिक वर्ष २०८३/८४ को असोज महिनामा ट्राफिक नियम उल्लङ्घन गर्ने सवारी साधनमाथि कारबाही गरिएको हो।
प्रहरीका अनुसार उक्त अवधिमा ९० वटा सवारी साधन जाँच गर्दा ६७ वटालाई कारबाही गरिएको छ। कारबाहीमा परेका सवारी साधनबाट ७१ हजार ५०० रुपैयाँ राजस्व सङ्कलन भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ। जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका सूचना अधिकारी मौसम तामाङका अनुसार ट्राफिक सङ्केत उल्लङ्घन गर्ने, जथाभाबी पार्किङ गर्ने तथा आवश्यक कागजातबिना सवारी साधन चलाउनेलाई कारबाही गरिएको हो। ट्राफिक नियमको पालना गराउन तथा सवारी आवागमनलाई व्यवस्थित बनाउन प्रहरीले नियमित रूपमा सवारी साधन जाँच गर्दै आएको जनाएको छ ।











Discussion about this post