कार्तिक ४, सोलुखुम्बु । सिटी सफारीमा छुटेको गरगहना र कपडासहितको झोला प्रहरीले सम्बन्धित धनीलाई फिर्ता गरेको छ । त्रियुगा नगरपालिका–१३ असारीबाट वडा नं. १० बोक्सेसम्म सिटी सफारीमा यात्रा गर्ने क्रममा त्रियुगा नगरपालिका–१३ दनुवारीचोकका २७ वर्षीय गोपाल राईको कालो रङको झोला छुटेको थियो ।
उक्त झोलामा कपडा तथा सुन र चाँदीका जस्ता देखिने गरगहना रहेका थिए । झोला छुटेको थाहा पाएपछि सिटी सफारी चालक त्रियुगा नगरपालिका–३ मोतिगडाका ३४ वर्षीय पदम तामाङले त्रियुगा नगरपालिका–११ गाईघाट मेनचोकस्थित प्रहरी चेकपोस्टमा खटिएको प्रहरी टोलीलाई झोला बुझाउनुभएको थियो ।
प्रहरी टोलीले झोला जिल्ला प्रहरी कार्यालय उदयपुरमा ल्याई झोलाधनी राईसँग सम्पर्क गरी सकुशल फिर्ता गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । इमानदारिता प्रदर्शन गर्दै यात्रुले छुटाएको झोला प्रहरीलाई बुझाउने चालक तामाङको कार्यले सार्वजनिक यातायातमा जिम्मेवारी र नैतिकताको उदाहरण प्रस्तुत गरेको छ ।










Discussion about this post