कार्तिक १७, सोलुखुम्बु । सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–४ स्थित फेरिचेमा दुई हेलिकप्टर आपसमा ठोक्किएर दुर्घटना भएको प्रारम्भिक जानकारी प्राप्त भएको छ । मंगलबार बिहान ८ बजेर ११ मिनेटको समयमा फिरिचेमा अवतरण गर्ने क्रममा फिस्टेल एयर र डाइनेस्टी एयरका हेलिकप्टरहरू आपसमा ठोक्किएर दुर्घटना भएको हो । दुर्घटनामा एक जना विदेशी यात्रुको मृत्यु भएको र एक जना घाइते भएको प्रारम्भिक जानकारी प्राप्त भएको प्रहरीले छ । घाइतेलाई प्रभु हेलिकप्टरमार्फत उद्धार गरी उपचारका लागि लुक्ला पठाइएको छ । घटनास्थलमा अन्य उद्धार कार्यसमेत जारी रहेको जनाइएको छ ।










Discussion about this post