कात्तिक १७, साेलुखुम्बु । नेपाली सेनाको दुर्गाबक्स गणले आगामी ‘भूतपूर्व सैनिक सम्मेलन-२०८३’ मा सहभागी हुन ओखलढुंगा र सोलुखुम्बु जिल्लाका सम्पूर्ण भूतपूर्व सैनिक तथा एकल महिलाहरूलाई समयमै नाम दर्ता गर्न आग्रह गरेको छ। गणले एक औपचारिक सूचना जारी गर्दै दर्ता प्रक्रिया, समयसीमा र आवश्यक कागजातसम्बन्धी विवरण सार्वजनिक गरेको हो।
सूचनाअनुसार आगामी २०८३ मंसिर १४ गते दुर्गाबक्स गणमा भूतपूर्व सैनिक सम्मेलन आयोजना हुँदैछ। उक्त सम्मेलनमा सहभागी हुन ओखलढुंगा र सोलुखुम्बु जिल्लाबाट निवृत्तिभरण (पेन्सन) रकम प्राप्त गर्ने सम्पूर्ण भूतपूर्व सैनिक तथा एकल महिलाहरूले २०८३ कात्तिक ८ गतेदेखि कात्तिक ३० गतेसम्म आफ्नो नाम दर्ता गराउन सक्नेछन्। सहभागीहरूले अनलाइनमार्फत वा स्वयं उपस्थित भएर दुर्गाबक्स गण तथा सुरक्षा गुल्म, सल्लेरीमा आवश्यक कागजातसहित दर्ता गर्न सक्ने व्यवस्था मिलाइएको छ।
दर्ताका लागि आवश्यक कागजात
सम्मेलनमा सहभागिताका लागि दर्ता गर्दा पेन्सन पट्टा, पासपोर्ट साइजको फोटो र नेपाली नागरिकताको प्रमाणपत्र अनिवार्य गरिएको छ।
-
स्वयं अनलाइन दर्ता गर्दा: हितग्राही आफैँले अनलाइन प्रणालीमार्फत दर्ता गर्दा पेन्सन पट्टा, पासपोर्ट साइजको फोटो र नागरिकताको डिजिटल प्रति (Digital Copy) अपलोड गर्नुपर्नेछ।
-
केन्द्रमा उपस्थित भएर दर्ता गर्दा: सम्बन्धित मुख्य वा उप-सम्मेलन केन्द्रहरूमा स्वयं उपस्थित भई त्यहाँ खटिएका कर्मचारीहरूको सहयोगमा अनलाइन दर्ता गराउँदा पेन्सन पट्टा, पासपोर्ट साइजको फोटो र नागरिकता (सम्भव भएसम्म डिजिटल प्रति) साथमा लिएर उपस्थित हुनुपर्नेछ।
अनलाइन दर्ता लिङ्क तथा सम्पर्क विवरण
इच्छुक हितग्राहीहरूले सिधै सैनिक कल्याणकारी बोर्डको वेबसाइट https://nawb.nepalarmy.mil.np/ मार्फत अनलाइन फाराम भर्न सक्नेछन्। साथै, थप विस्तृत जानकारीका लागि नेपाली सेनाको आधिकारिक वेबसाइट https://www.nepalarmy.mil.np/ हेर्न वा दुर्गाबक्स गणको कार्यालय फोन नम्बर ०३७-५२०६३२ मा सिधै सम्पर्क गर्न सकिने छ।











Discussion about this post