कात्तिक १९,साेलुखुम्बु । सोलुखुम्बुको गोराखानी निवासी युवा गायक तथा गीतकार आङ देन्डी शेर्पा (आङ डी) पछिल्लो समय सेलो तथा शेर्पा गीत–संगीतको क्षेत्रमा आफ्नो छुट्टै पहिचान स्थापित गर्दै अघि बढ्नुभएको छ।
गीत लेखन र गायन दुवै क्षेत्रमा सक्रिय शेर्पाले आफ्ना मौलिक सिर्जनामार्फत श्रोताको मन जित्दै आउनुभएको छ। संगीतप्रतिको निरन्तर लगाव र मेहनतलाई अगाडि बढाउने क्रममा उहाँले हालै चारवटा नयाँ गीत युट्युबमार्फत सार्वजनिक गर्नुभएको छ। सार्वजनिक गीतहरूले दर्शक तथा श्रोताबाट सकारात्मक प्रतिक्रिया पाइरहेका छन्।
आफ्ना सांगीतिक सिर्जनामार्फत शेर्पा समुदायको मौलिक संस्कृति, परम्परा, जीवनशैली र भावनालाई उजागर गर्ने प्रयास गरेको उहाँको सांगीतिक यात्राले स्थानीय कला र संस्कृतिको प्रवर्द्धनमा समेत योगदान पुर्याउने अपेक्षा गरिएको छ।
स्थानीय स्तरबाट सांगीतिक यात्रा सुरु गर्नुभएका शेर्पाको लक्ष्य आफ्ना सिर्जनालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका श्रोतामाझ पुर्याउनु रहेको छ। विशेषगरी नयाँ पुस्तामाझ मौलिक भाषा, संस्कृति र संगीतप्रतिको आकर्षण बढाउन उहाँका सिर्जना सहयोगी बन्न सक्ने देखिन्छन्।
आफ्नो सांगीतिक यात्रालाई थप उचाइमा पुर्याउने योजनासहित शेर्पा आगामी दिनमा पनि नयाँ गीत तथा सांगीतिक कोसेली सार्वजनिक गर्ने तयारीमा हुनुहुन्छ। स्थानीय स्तरबाट उदाउँदै गरेका प्रतिभाका रूपमा उहाँको निरन्तर प्रयासले सोलुखुम्बुका अन्य युवा कलाकारलाई समेत सांगीतिक क्षेत्रमा अघि बढ्न प्रेरणा दिने विश्वास गरिएको छ।










Discussion about this post