Friday, November 6, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

जिल्लाकै पहिलो पोषणमैत्री वडा बन्ने तयारीमा रौतामाई–२ भुटार

Radio Everest by Radio Everest
November 6, 2026
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

कार्तिक २०, सोलुखुम्बु । उदयपुरको रौतामाई गाउँपालिका–२ भुटार जिल्लाकै पहिलो पोषणमैत्री वडा घोषणा हुने तयारीमा जुटेको छ। पोषण तथा खाद्य सुरक्षासम्बन्धी आवश्यक सूचक पूरा गर्ने अन्तिम चरणमा पुगेको वडाले आगामी मङ्सिरभित्र पोषणमैत्री वडा घोषणा गर्ने लक्ष्य लिएको छ। कार्तिक १९ गते बसेको वडा स्तरीय पोषण तथा खाद्य सुरक्षा सहजीकरण समितिको बैठकमा समितिका अध्यक्ष एवं कार्यवाहक वडाध्यक्ष अनिल मोतेले यस्तो जानकारी दिनुभएको हो।

उहाँका अनुसार पोषणमैत्री स्थानीय शासन कार्यान्वयन कार्यविधि, २०८० ले निर्धारण गरेका १६ वटा सूचक पूरा गरेपछि भुटारलाई पोषणमैत्री स्वास्थ्य संस्था घोषणा गरिसकिएको छ। बाँकी सूचकसमेत पूरा हुने चरणमा रहेकाले वडा घोषणाको तयारीलाई तीव्रता दिइएको छ। वडा सचिव एवं समितिका सदस्य सचिव गौरबहादुर राउतले पोषणमैत्री वडा घोषणाका लागि आवश्यक सूचक पूरा गर्न सम्बन्धित सबै पक्षसँग समन्वय र सहकार्य भइरहेको जानकारी दिनुभयो।

बैठकमा गाउँपालिकाका विषयगत शाखा प्रमुख, टोल विकास संस्थाका प्रतिनिधि, विद्यालय, बाल सञ्जाल, प्रहरी चौकीलगायत सरोकारवालाको सहभागिता रहेको थियो। अभियानलाई निरन्तरता दिँदै थप प्रभावकारी बनाउन वर्ल्ड भिजन इन्टरनेसनल नेपालको साझेदार संस्था हुरेन्डेक उदयपुर र जिड्स उदयपुरले आर्थिक तथा प्राविधिक सहयोग गर्दै आएका छन्। रौतामाई गाउँपालिकाका पोषण सहजकर्ता एवं फोकल पर्सन धनसरी परियारले गाउँपालिकाको पोषण प्रोफाइलसमेत तयारीको अन्तिम चरणमा पुगेको जानकारी दिनुभयो।

पोषणसम्बन्धी तथ्याङ्क र अवस्थाको पहिचानले वडा घोषणाको प्रक्रियालाई थप सहज बनाएको उहाँको भनाइ छ। त्यसैगरी, हुरेन्डेक उदयपुरका वकालत तथा अभियान अधिकृत गेशबहादुर आलेमगरले पोषणमैत्री वडा घोषणा अभियान सफल बनाउन वडा, गाउँपालिका, टोल विकास संस्था, विद्यालय तथा विषयगत शाखाहरूको महत्वपूर्ण भूमिका रहने बताउनुभयो।

बैठकलाई सम्बोधन गर्दै हुरेन्डेक उदयपुरका सामाजिक परिचालक मनोज दियालीले गाउँपालिका तथा जिल्लाकै पहिलो पोषणमैत्री वडा बनाउने अवसरलाई सफल पार्न सबै सरोकारवाला एकजुट भएर अघि बढ्नुपर्नेमा जोड दिनुभयो। उहाँले निर्धारित सूचक पूरा गर्न सम्बन्धित सबै पक्षलाई प्रतिबद्ध भएर लाग्न आग्रह गर्नुभयो। करिब ४० जना सरोकारवालाको सहभागितामा सम्पन्न बैठकले पोषणमैत्री वडा घोषणाको अभियानलाई थप प्रभावकारी बनाउँदै निर्धारित समयभित्र लक्ष्य हासिल गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।

Previous Post

तिथिको घटबढले यस वर्ष मिथिला क्षेत्रमा छ दिन मनाइँदै तिहार

Next Post

निर्माण व्यवसायी फेरिएपछि पूरा भयो खोटाङ अस्पतालको अलपत्र भवन

Related Posts

मानव अधिकारका असल अभ्यासबारे सोलुखुम्बु र ओखलढुङ्गामा अनुगमन

सांगीतिक यात्रामा अघि बढ्दै आङ देन्डी शेर्पा (आङ डी), एकैपटक चार नयाँ गीत सार्वजनिक

सांगीतिक यात्रामा अघि बढ्दै आङ देन्डी शेर्पा (आङ डी), एकैपटक चार नयाँ गीत सार्वजनिक

November 5, 2026
0
Next Post
निर्माण व्यवसायी फेरिएपछि पूरा भयो खोटाङ अस्पतालको अलपत्र भवन

निर्माण व्यवसायी फेरिएपछि पूरा भयो खोटाङ अस्पतालको अलपत्र भवन

Discussion about this post

Everest Highlights

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
मानव अधिकारका असल अभ्यासबारे सोलुखुम्बु र ओखलढुङ्गामा अनुगमन

मानव अधिकारका असल अभ्यासबारे सोलुखुम्बु र ओखलढुङ्गामा अनुगमन

November 6, 2026
निर्माण व्यवसायी फेरिएपछि पूरा भयो खोटाङ अस्पतालको अलपत्र भवन

निर्माण व्यवसायी फेरिएपछि पूरा भयो खोटाङ अस्पतालको अलपत्र भवन

November 6, 2026
जिल्लाकै पहिलो पोषणमैत्री वडा बन्ने तयारीमा रौतामाई–२ भुटार

जिल्लाकै पहिलो पोषणमैत्री वडा बन्ने तयारीमा रौतामाई–२ भुटार

November 6, 2026
No Result
View All Result

November 2026
S M T W T F S
1234567
891011121314
15161718192021
22232425262728
2930  
« Oct    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly