Friday, November 6, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

निर्माण व्यवसायी फेरिएपछि पूरा भयो खोटाङ अस्पतालको अलपत्र भवन

Radio Everest by Radio Everest
November 6, 2026
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

कार्तिक २०, सोलुखुम्बु । सघन सहरी तथा भवन निर्माण आयोजना कार्यालय ओखलढुङ्गाले जिल्ला अस्पताल खोटाङलाई ५० शय्याको सुविधासम्पन्न अस्पताल भवन हस्तान्तरण गरेको छ । नेपाल सरकारको २२ करोड ९० लाख ४७ हजार ९२ रुपैयाँ लागतमा निर्माण गरिएको चारतले अस्पताल भवन बिहीबार औपचारिक रूपमा हस्तान्तरण गरिएको हो ।

सघन सहरी तथा भवन निर्माण आयोजना कार्यालय ओखलढुङ्गाका प्रमुख इन्जिनियर सुरज पौडेलले जिल्ला अस्पताल खोटाङका निमित्त प्रमुख डा. पुस्कल राईलाई भवन हस्तान्तरणसम्बन्धी प्रमाणपत्र प्रदान गर्नुभएको हो । भवन हस्तान्तरण भएसँगै तिहारपछि नयाँ भवनबाट अस्पतालका सेवा सञ्चालन गर्ने तयारी गरिएको अस्पताल सञ्चालन तथा व्यवस्थापन समितिका अध्यक्ष एवम् जिल्ला समन्वय समिति खोटाङका प्रमुखले जानकारी दिनुभयो । विसं २०७८ असार २४ गते निर्माण सम्झौता भई ३० महिनाभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको अस्पताल भवन निर्माणको काम निर्धारित समयमा पूरा हुन सकेको थिएन । श्यामसुन्दर–रामसागर–नेपाल फूलबारी जेभीले निर्माणको जिम्मा लिएको भवन लामो समयसम्म अलपत्र बनेपछि पटकपटक ताकेता गरिएको थियो ।

निर्माण कम्पनीले काम अघि नबढाएपछि कारबाही प्रक्रिया सुरु भएसँगै जिल्लाकै निर्माण व्यवसायी सुनिल राईलाई निर्माणको जिम्मेवारी दिइएको थियो । उहाँले निर्माणको जिम्मा लिएपछि बाँकी काम सम्पन्न गरी आयोजना कार्यालयलाई भवन हस्तान्तरण गर्नुभएको हो । तुवाचुङ कन्ट्रक्सन प्रालिका प्रबन्ध निर्देशकसमेत रहनुभएका राईले आफ्नै जिल्लाको अस्पताल भवन निर्माणमा योगदान गर्न पाउँदा खुसी लागेको बताउनुभयो ।

लामो समयदेखि अधुरो रहेको भवन निर्माण सम्पन्न गर्न सहयोग गर्ने सबै पक्षलाई आयोजना कार्यालयका प्रमुख इन्जिनियर पौडेलले धन्यवाद व्यक्त गर्नुभयो । विसं २०४९ वैशाख १ गते १५ शय्याको सेवासहित स्थापना भएको जिल्ला अस्पताललाई ३३ वर्षपछि ५० शय्यामा स्तरोन्नति गरिएको हो । विसं २०८२ असार २२ गते कोशी प्रदेश सरकारका तत्कालीन स्वास्थ्य तथा भौतिक पूर्वाधार विकासमन्त्री भूपेन्द्र राईले ५० शय्याको सेवा शुभारम्भ गर्नुभएको थियो । तर, आवश्यक भौतिक पूर्वाधार निर्माण सम्पन्न नहुँदै सेवा शुभारम्भ गरिएको भन्दै त्यतिबेला सामाजिक सञ्जालमा आलोचनासमेत भएको थियो । भवन अभावका कारण अस्पतालका सेवा सञ्चालनमा कठिनाइ हुँदै आएको थियो ।

लिफ्ट सुविधासहित निर्माण गरिएको चारतले आरसिसी भवनको पहिलो तलामा बहिरङ्ग सेवा ९ओपीडी०, आकस्मिक कक्ष, शल्यक्रिया कक्ष, एक्स–रे कक्ष, फार्मेसी तथा सुरक्षा कक्ष रहेका छन् । दोस्रो तलामा प्रसूति सेवा तथा प्रसूतिसम्बन्धी शल्यक्रियाका लागि आवश्यक संरचना निर्माण गरिएको छ ।

त्यसैगरी, तेस्रो तलामा सघन उपचार कक्ष ९आइसीयू०, आइसोलेसन कक्ष तथा क्याबिन र चौथो तलामा प्रशासन, लेखा तथा सेमिनार हललगायतका संरचना रहेका छन् । नयाँ भवनबाट सेवा सञ्चालनमा आएपछि जिल्लावासीलाई उपचारका लागि जिल्ला बाहिर जानुपर्ने बाध्यता कम हुनुका साथै अस्पतालको सेवा प्रवाह थप सहज र प्रभावकारी हुने अपेक्षा गरिएको छ ।

Previous Post

जिल्लाकै पहिलो पोषणमैत्री वडा बन्ने तयारीमा रौतामाई–२ भुटार

Next Post

मानव अधिकारका असल अभ्यासबारे सोलुखुम्बु र ओखलढुङ्गामा अनुगमन

Related Posts

तिथिको घटबढले यस वर्ष मिथिला क्षेत्रमा छ दिन मनाइँदै तिहार

तिथिको घटबढले यस वर्ष मिथिला क्षेत्रमा छ दिन मनाइँदै तिहार

November 6, 2026
0
सांगीतिक यात्रामा अघि बढ्दै आङ देन्डी शेर्पा (आङ डी), एकैपटक चार नयाँ गीत सार्वजनिक

सांगीतिक यात्रामा अघि बढ्दै आङ देन्डी शेर्पा (आङ डी), एकैपटक चार नयाँ गीत सार्वजनिक

November 5, 2026
0
Next Post
मानव अधिकारका असल अभ्यासबारे सोलुखुम्बु र ओखलढुङ्गामा अनुगमन

मानव अधिकारका असल अभ्यासबारे सोलुखुम्बु र ओखलढुङ्गामा अनुगमन

Discussion about this post

Everest Highlights

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
मानव अधिकारका असल अभ्यासबारे सोलुखुम्बु र ओखलढुङ्गामा अनुगमन

मानव अधिकारका असल अभ्यासबारे सोलुखुम्बु र ओखलढुङ्गामा अनुगमन

November 6, 2026
निर्माण व्यवसायी फेरिएपछि पूरा भयो खोटाङ अस्पतालको अलपत्र भवन

निर्माण व्यवसायी फेरिएपछि पूरा भयो खोटाङ अस्पतालको अलपत्र भवन

November 6, 2026
जिल्लाकै पहिलो पोषणमैत्री वडा बन्ने तयारीमा रौतामाई–२ भुटार

जिल्लाकै पहिलो पोषणमैत्री वडा बन्ने तयारीमा रौतामाई–२ भुटार

November 6, 2026
No Result
View All Result

November 2026
S M T W T F S
1234567
891011121314
15161718192021
22232425262728
2930  
« Oct    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly