कातिक २९, सोलुखुम्बु । देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहँदा हिमाली तथा पहाडी क्षेत्रमा बादल लागेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशका हिमाली भागसहित कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रमा साधारणतया बादल लाग्नेछ। बाँकी पहाडी तथा तराईका क्षेत्रमा भने आंशिक बदली रहने अनुमान गरिएको छ।
महाशाखाका अनुसार कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी क्षेत्रका केही स्थानमा मेघगर्जन, चट्याङ र असिनासहित मध्यम वर्षा तथा हिमपात हुन सक्नेछ। त्यस्तै, गण्डकी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रका केही स्थानमा पनि मध्यम वर्षा र हिमपातको सम्भावना रहेको छ।
कोशी, बागमती र लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रका एकदुई स्थानमा हल्का वर्षा तथा हिमपात हुन सक्ने महाशाखाले जनाएको छ। सम्भावित वर्षा, चट्याङ र हिमपातलाई ध्यानमा राख्दै आवश्यक सतर्कता अपनाउनसमेत आग्रह गरिएको छ।











Discussion about this post