Sunday, November 15, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

सल्लेरीमा मंसिर १२ गते तेस्रो ‘रेड पाण्डा म्याराथन’ आयोजना हुने

Radio Everest by Radio Everest
November 15, 2026
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

कातिक २९, सोलुखुम्बु । सोलुखुम्बुको सल्लेरीमा आगामी मंसिर १२ गते ‘रेड पाण्डा म्याराथन २०२६’ को तेस्रो संस्करण आयोजना हुने भएको छ । रेड पाण्डा संरक्षणसँगै सोलुखुम्बुको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको हो । रेड पाण्डा नेटवर्कको आयोजना तथा प्ले फर नेचरको मुख्य आर्थिक सहयोगमा हुने प्रतियोगिताको स्थानीय साझेदार हिमाली स्वास्थ्य तथा वातावरणीय सेवा सोलुखुम्बु रहेको छ । प्रतियोगितामा प्रख्यात अभिनेता तथा रेड पाण्डा नेटवर्कका संरक्षण एम्बासेडर दयाहाङ राईसमेत सहभागी हुने आयोजकले जनाएको छ ।

हिमाली स्वास्थ्य तथा वातावरणीय सेवा सोलुखुम्बुका अध्यक्ष ङिमा तेण्डुप शेर्पाका अनुसार अन्तर्राष्ट्रिय रेड पाण्डा दिवसको अवसरमा आयोजना गरिने म्याराथनले तल्लो सगरमाथा क्षेत्रलाई साहसिक पर्यटन गन्तव्यका रूपमा अन्तर्राष्ट्रियस्तरमा चिनाउन सहयोग पुर्याउनेछ । ४८ किलोमिटर लामो मुख्य म्याराथन सल्लेरीस्थित समुद्री सतहबाट दुई हजार ३६० मिटर उचाइमा रहेको थेकछेन पेमा छोलिङ गुम्बाबाट सुरु हुनेछ । प्रतियोगीहरू चार हजार ५४ मिटर उचाइको पिके पिक पुगेर पुनः सुरुआती स्थानमै फर्किएपछि दौड पूरा हुनेछ । यस क्रममा धावकहरूले दुई हजार ८७२ मिटरभन्दा बढी उचाइ पार गर्नुपर्नेछ ।

सात घण्टा ३० मिनेटभित्र दूरी पूरा गर्नुपर्ने प्रतियोगितालाई अन्तर्राष्ट्रिय ट्रेल रनिङ एसोसिएसनले तीन पोइन्ट प्रदान गरेको छ । यस वर्ष स्थानीय समुदाय तथा सबै उमेर समूहका व्यक्तिको सहभागिता बढाउने उद्देश्यले पहिलोपटक पाँच किलोमिटर लामो ‘रेड पाण्डा फन रन’ समेत समावेश गरिएको छ । थेकछेन पेमा छोलिङ गुम्बाबाट सुरु हुने फन रन सेर्गा खोप हुँदै फाप्लु गुम्बामा पुगेर समापन हुनेछ । उक्त दौडमा अभिनेता दयाहाङ राईले पनि सहभागीहरूसँगै दौडिने कार्यक्रम रहेको आयोजकले जनाएको छ ।

हिमाली वातावरण र प्राकृतिक सम्पदाको संरक्षणप्रति नयाँ पुस्तामा जिम्मेवारीबोध गराउनु प्रतियोगिताको अर्को उद्देश्य रहेको अध्यक्ष शेर्पाले बताउनुभयो । उहाँका अनुसार वनजङ्गलमा मानिसले प्रत्यक्ष रूपमा नदेखेका धेरै अमूल्य प्राकृतिक सम्पदा छन् । रेड पाण्डा पनि त्यस्तै महत्वपूर्ण सम्पदामध्ये एक हो । यस्ता कार्यक्रमले स्थानीय प्राकृतिक सम्पदालाई नजिकबाट बुझ्ने अवसर दिनुका साथै यसको संरक्षण वर्तमान र भावी पुस्ताको साझा जिम्मेवारी हो भन्ने सन्देश प्रवाह गर्ने विश्वास अध्यक्ष शेर्पाले व्यक्त गर्नुभयो ।

प्रतियोगितामा सहभागी हुन इच्छुक धावकले आयोजक संस्थाको आधिकारिक वेबसाइटमार्फत अनिवार्य दर्ता गराउनुपर्नेछ । यसअघि सन् २०२४ मा ताप्लेजुङको पाथीभरा र सन् २०२५ मा इलाममा म्याराथनका दुई संस्करण सम्पन्न भएका थिए । ती प्रतियोगितामा नेपालका १६ भन्दा बढी जिल्लाका साथै भारत र जापानका गरी एक सय ४० धावकले सहभागिता जनाएका थिए ।

Previous Post

उदयपुरमा मोटरसाइकल र ट्याक्टर ठोक्किँदा २२ वर्षीय युवकको मृत्यु

Related Posts

उदयपुरमा मोटरसाइकल र ट्याक्टर ठोक्किँदा २२ वर्षीय युवकको मृत्यु

उदयपुरमा मोटरसाइकल र ट्याक्टर ठोक्किँदा २२ वर्षीय युवकको मृत्यु

November 15, 2026
0
छठ पर्वको मुख्य दिन आज अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदै

छठ पर्वको मुख्य दिन आज अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदै

November 15, 2026
0
पश्चिमी वायुको प्रभावले हिमाली र पहाडी क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना

पश्चिमी वायुको प्रभावले हिमाली र पहाडी क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना

November 15, 2026
0
कांग्रेस लोकतन्त्रको पक्षमा दृढतापूर्वक उभिएको पार्टी हो : सहमहामन्त्री शेर्पा

कांग्रेस लोकतन्त्रको पक्षमा दृढतापूर्वक उभिएको पार्टी हो : सहमहामन्त्री शेर्पा

November 14, 2026
0

Discussion about this post

Everest Highlights

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
सल्लेरीमा मंसिर १२ गते तेस्रो ‘रेड पाण्डा म्याराथन’ आयोजना हुने

सल्लेरीमा मंसिर १२ गते तेस्रो ‘रेड पाण्डा म्याराथन’ आयोजना हुने

November 15, 2026
उदयपुरमा मोटरसाइकल र ट्याक्टर ठोक्किँदा २२ वर्षीय युवकको मृत्यु

उदयपुरमा मोटरसाइकल र ट्याक्टर ठोक्किँदा २२ वर्षीय युवकको मृत्यु

November 15, 2026
छठ पर्वको मुख्य दिन आज अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदै

छठ पर्वको मुख्य दिन आज अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदै

November 15, 2026
No Result
View All Result

November 2026
S M T W T F S
1234567
891011121314
15161718192021
22232425262728
2930  
« Oct    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly