मंसिर १, सोलुखुम्बु । सिन्धुलीको कमलामाई नगरपालिका–१० डाँडाटोलमा श्रीमान्को लोहोरो प्रहारबाट श्रीमतीको मृत्यु भएको छ । मङ्गलबार राति करिब १ बजे श्रीमान्–श्रीमतीबीच विवाद हुँदा ४२ वर्षीय मनोज कार्कीले ४० वर्षीया श्रीमती सानुकुमारी कार्कीमाथि लोहोरो प्रहार गरेको प्रहरीले जनाएको छ । लोहोरो प्रहारबाट टाउकोमा गम्भीर चोट लागेकी सानुकुमारीको घटनास्थलमै मृत्यु भएको बताइएको छ ।
घटनाबारे जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय भिमान र जिल्ला प्रहरी कार्यालय सिन्धुलीबाट प्रहरी टोली घटनास्थल पुगेको थियो । प्रहरीले घटनामा संलग्न रहेको आरोपमा मनोज कार्कीलाई पक्राउ गरेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।










Discussion about this post