मंसिर २, सोलुखुम्बु । नेपाल प्रहरी अपराध अनुसन्धान विद्यालय, महाराजगञ्ज काठमाडौंका प्रधानाचार्य प्रहरी वरिष्ठ उपरीक्षक भुवनेश्वर तिवारीले जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुको अनुगमन तथा निरीक्षण गर्नुभएको छ । बुधबार अनुगमनका क्रममा उहाँले जिल्ला प्रहरी कार्यालयअन्तर्गत अपराध अनुसन्धान शाखा, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्र, उजुरी छानबिन शाखा तथा हिरासत गृहको निरीक्षण गर्नुभएको हो ।
निरीक्षणपछि आयोजित अन्तरक्रिया कार्यक्रममा प्रहरी वरिष्ठ उपरीक्षक तिवारीले अपराध अनुसन्धानलाई प्रभावकारी बनाउने, प्रहरी कर्मचारीको व्यावसायिक क्षमता अभिवृद्धि गर्ने तथा प्रहरीको कार्यसम्पादनलाई थप व्यवस्थित र प्रभावकारी बनाउने विषयमा आवश्यक निर्देशन तथा सुझाव दिनुभएको थियो ।
उक्त कार्यक्रमले प्रहरी कर्मचारीको कार्यक्षमता अभिवृद्धि गर्नुका साथै सेवा प्रवाह र अपराध अनुसन्धानलाई थप प्रभावकारी बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका सूचना अधिकारी तथा प्रहरी निरीक्षक मौसम तामाङले जानकारी दिनुभयो ।










Discussion about this post