मंसिर ६, सोलुखुम्बु । निर्माण व्यवसायी महासंघ कोशी प्रदेशको अध्यक्षमा केशरकुमार बुढाथोकी निर्वाचित भएका छन् । विराटनगरमा सम्पन्न महासंघको १६औँ साधारणसभा तथा नवौँ अधिवेशनमा बुढाथोकीले २७२ मत प्राप्त गर्दै अध्यक्षमा निर्वाचित भएका हुन् । उनका प्रतिस्पर्धी कमलप्रसाद गौतमले १३२ मत प्राप्त गरेका छन् । निर्वाचन समितिले सार्वजनिक गरेको अन्तिम मतपरिणामअनुसार बुढाथोकी १४० मतान्तरले विजयी भएका हुन् ।
अध्यक्षसहित नौवटै पदाधिकारीमा बुढाथोकी नेतृत्वको प्यानल विजयी भएको छ । निर्माण व्यवसायी संघ उदयपुरको कार्यसमिति सदस्यबाट संस्थागत नेतृत्वमा प्रवेश गरेका बुढाथोकीले जिल्ला संघको सचिव हुँदै कोशी प्रदेशको नीतिगत उपमहासचिव र वरिष्ठ उपाध्यक्षको जिम्मेवारी सम्हालिसकेका छन् । महासंघको प्रथम उपाध्यक्षमा रमेश कार्की २४० मतसहित निर्वाचित भएका छन् । उनका प्रतिस्पर्धी लेखनाथ खत्रीले १५५ मत प्राप्त गरे । द्वितीय उपाध्यक्षमा चन्द्र सापकोटा २३३ मतसहित विजयी भए । उनका प्रतिस्पर्धी ऋषिकेश रिजाल ९केशव० ले १५६ मत प्राप्त गरे । त्यस्तै, तृतीय उपाध्यक्षमा मिलनकुमार बस्नेत २६२ मतसहित निर्वाचित भएका छन् ।
उनका प्रतिस्पर्धी रमेश पौडेल ९दिनेश० ले १३४ मत प्राप्त गरे । महासचिवमा सन्तोषकुमार बस्नेत २८७ मतसहित निर्वाचित भएका छन् । उनले दुर्गाबहादुर बुर्जा मगरलाई १७२ मतान्तरले पराजित गरेका हुन् । मगरले ११५ मत प्राप्त गरे । पदाधिकारीतर्फ बस्नेतले सबैभन्दा बढी मत प्राप्त गरेका छन् । उपमहासचिवमा लीलाप्रसाद गुरागाईं २४४ मतसहित निर्वाचित भएका छन् । उनका प्रतिस्पर्धी योगराज दाहालले १४९ मत प्राप्त गरे । अर्को उपमहासचिवमा चन्द्र पाठक २४० मतसहित विजयी हुँदा इन्द्रकुमार कार्कीले १५३ मत पाए । कोषाध्यक्षमा किशोर भट्टराई २४३ मतसहित निर्वाचित भएका छन् । उनका प्रतिस्पर्धी सुरेश भट्टराईले १४९ मत प्राप्त गरे ।
सहकोषाध्यक्षमा मनोजकुमार राई २३३ मतसहित विजयी हुँदा दिलबहादुर गुरुङले १६१ मत प्राप्त गरे । महासंघको आठ सदस्य पदका लागि १० जनाबीच प्रतिस्पर्धा भएको थियो । सदस्यमा लक्ष्मी श्रेष्ठले ३६१ मत प्राप्त गर्दै निर्वाचनमा सबैभन्दा बढी मत पाइन् । उत्तमकुमार पौडेल ३५४, सुप्रिम राई ३४२, रणबहादुर कार्की ३०८, तिलकराज पोखरेल ९मनोहर० २८६, चन्द्रशेखर सुवेदी २६३, गणेशप्रसाद यादव २५४ र सन्तकुमार मेहता २५३ मतसहित निर्वाचित भए । सदस्यका उम्मेदवार अर्जुन शेर्पाले २४५ र गोपालबहादुर बस्नेतले २४३ मत प्राप्त गरे पनि निर्वाचित हुन सकेनन् । प्रमुख निर्वाचन आयुक्त मुकेशकुमार उपाध्यायले सार्वजनिक गरेको अन्तिम मतपरिणामअनुसार नौ पदाधिकारी र आठ सदस्य गरी १७ जना नयाँ कार्यसमितिमा निर्वाचित भएका छन् ।











Discussion about this post