असार ८, सोलुखुम्बु । सोलुखुम्बुको सोताङ गाउँपालिकामा नागरिकहरुले आर्थिक वर्षमा खानेपानी र धार्मिक सम्पदा संरक्षण गर्न सुझाव दिएका छन् । गत असार ३ गते पालिकाले आगामी आर्थिक बर्षको बजेट तथा कार्यक्रममा समावेश गर्न उपयुक्त हुने विषयहरुको सम्बन्धमा गरिएको सुझाव संकलनमा नागरिकहरुले यस्तो सुझाव दिएका हुन् ।
साथै सुझाब संकलन तथा अन्तरक्रिया कार्यक्रममा सरोकारवालाहरुले गाउँमा सडकका सहज पहुच लगायत दीर्घकालीन योजना निर्माण गर्न सुझाव दिएका छन् । यता गाउँपालिका अध्यक्ष खिलराज बस्नेतले नागरिकहरुको माग पनि सम्बोधन गर्दै जाने बताउनुभएको छ । सोताङ गाउँपालिकाले आगामी आर्थिक बर्षको लागि करिब ३३ करोड बजेट बजेट निर्माण र कार्यान्वयन हुने गाउँपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत श्रिध्वज राईले रेडियो एभरेष्टलाई जानकारी दिनुभयो ।
Discussion about this post