Wednesday, September 23, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

खुम्बुमा अनौठो डि प्रथा ः दिङबोचे गाउँका सबैले १ महिनाका लागि घर छाडे

संविधानले नै दिएको अधिकार अनुरूप आफ्नो घर बस्न पाउनु पर्ने स्थानीयको माग

Radio Everest by Radio Everest
July 13, 2024
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

असार २९, साेलुखुम्बु ।  विश्व एक्काईसौँ शताब्दीमा प्रवेश गरेर विज्ञान प्रविधिको युग शुरु भए पनि हिमाली जिल्ला सोलुखुम्बुको एउटा गाउँमा भने १ महिनासम्म आफ्नै घर बस्न नपाउने अनौठो डि प्रथा कायामै रहेको छ । खुम्बुपासाङल्हमु गाउँपालिका वडा नम्बर ४ मा सगरमाथा पदमार्गमा अवस्थित उक्त गाउँका नागरिकहरूले डि प्रथाकै कारण घर छोडेर गाउँ खाली गरेका हुन् । समुन्द्रि सतहबाट ४ हजार ४ सय १० मिटरको उचाईमा रहेको दिङबोचे गाउँका १ सय २० घर शुक्रबारबाट खाली भएका हुन् । नाम्चेबाट २ दिनको पदमार्गमा रहेको उक्त गाउँमा स्थानीयहरु घर खाली गरेर नजिकैको गोठ र अन्य गाउँमा रहेका आफन्तकोमा शरण लिन पुगेका छन् । 

परापूर्व कालदेखि चल्दै आएको उक्त चलन अनुसार डि भन्नाले शेर्पा भाषामा नियमहरु भन्ने बुझिन्छ । उक्त नियम हटाएर आफ्नो घरमा बस्न पाउनु पर्ने भन्दै दिङबोचेका केही स्थानीयले माग गरे पनि गत वर्ष नियम हटाउनु पर्ने र कायमै राख्नु पर्ने भन्ने २ समुह विच झडप समेत भएको थियो । दिङबोचे नजिकै करिब ३ घण्टाको पदमार्ग (नाम्चे तर्फ) पछि पाङबोचे गाउँ अवस्थित छ ।

करिब २ सय घर रहेको पाङबोचेका स्थानीयले दिङ्बोचेमा अनिवार्य डि प्रथा कायम गर्नुपर्नेमा जोड दिने गरेका छन् । यी दुई गाउँका स्थानीय एक आपसमा झडप भई भागाभागको अवस्था आएको थियो तर पनि यो प्रथा हटाउन सरोकारवाला तयरा भएका छैनन् । स्थानीय पात्रो अनुसार लामाहरुले साईत हेरेर करिब १ महिना १० दिनसम्म डि प्रथा लागु गरिँदै आएको उक्त वडाका वडा सदस्य पासाङनुरु शेर्पाले बताउनु भयो । डि लागु भए पश्चात कठोर नियमहरू स्थानीयले पालना गर्न बाध्य छन् ।

जस अन्तर्गत आफ्नै घरमा बस्न नपाउने, आगो बाल्न नपाउने, गाईबस्तु जंगलमा लगेर छोड्नु पर्ने नियमहरु पर्दछन् । आधुनिक युगमा पनि रुढिबादी परम्परा कायामै रहेको भन्दै स्थानीयले भने डि कायामै राखी आफ्नो घरमा बस्न पाउनु पर्ने माग गरेका छन् । आफ्नो घरमा बस्न पाउनु पर्ने संविधान प्रदत्त अधिकार भन्दै घरमा बस्न नपाए अदालतमा रिट दायर गर्ने उनीहरुको तयारी छ ।  तर यो नियम कायामै राख्नु पर्ने पक्षमा पाङबोचेका स्थानीय, स्थानीय क्लब, गुम्बा ब्यवस्थापन समिति, लामा, सगरमाथा मध्यवर्ती क्षेत्र व्यवस्थापन समिति र गाउँपालिका रहेका छन् । तर त्यही नजिकैको गाउँ पाङबोचेमा भने दिङबोचेमा जस्तो घरमै बस्न नपाउने गरि डि प्रथा लागु छैन । 

परापुर्वक कालमा खुम्बु क्षेत्रमा धेरै गाउँमा विभिन्न किसिमका डि प्रथा रहेको भएता पनि धेरै स्थानमा हटिसकेको स्थानीयबासि बताउछन् । दिङबोचे गाउँका स्थानीयले घर छाडे÷नछाडेको कुराको अनुगमन गर्न सगरमाथा मध्यवर्ती क्षेत्र उपभोक्ता समुहले कामी नुरु शेर्पा र ङिमा थुण्डु शेर्पालाई नावा(अनुगमन कर्ता) को जिम्मेवारी समेत तोकेको छ । यदी दिङबोचेका स्थानीयले डि नमानेमा नावाहरुले उनीहरुलाई जरिवाना समेत तिराउने छन् । यस अघि २०७९ साल असोजमा दिङबोचेमा अस्थाई प्रहरी चौकी स्थापना भएपछि स्थानीयमा मनोबल बृद्धि भएर उक्त प्रथाको विरोध शुरु भएको हो । स्थानीयको विरोध पछि उक्त प्रथाको अवधि १० दिन घटाउने सहमति भएको वडा सदस्य शेर्पाले बताए ।

यतिसम्मकी डि प्रथा भरि प्रहरी चौकी समेत अन्यत्र सार्न गाउँपालिकाले जिल्ला प्रहरी कार्यालयलाई पत्राचार गरेको थियो । गत बर्ष २०८० असार २७ गते गाउँपालिका अध्यक्षले हस्ताक्षर गरेर पत्र लेख्दै सो स्थानमा रहेको प्रहरी चौकीलाई पाङबोचे आधारभुत विद्यालयमा सार्न अनुरोध गरेका थिए । यो पटक भने प्रहरी हवल्दारको कमाण्डमा रहेको उक्त चौकीलाई डि अवधिभरको लागि फेरिचे भन्ने स्थानमा स्थानान्तरण गरिएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रमुख डिएसपि द्वारिका प्रसाद घिमिरेले बताए । यो पटकको डि भदौ ४ गतेसम्म कायम हुने छ ।

Previous Post

धरानका ५ युवा अनलाइन जुवामार्फत ५ करोडको अवैध कारोबारमा पक्राउ

Next Post

मानव बेचबिखनमा दोषी नेचासल्यानका परियार सहित ५ जनालाई जेल सजाय

Related Posts

बालमैत्री वडा बन्दै फाप्लु : घोषणाको तयारी तीव्र

बालमैत्री वडा बन्दै फाप्लु : घोषणाको तयारी तीव्र

September 21, 2026
0
मकैबारी हेरचाह गर्न बसेका शेर्पामाथि भालुको आक्रमण

मकैबारी हेरचाह गर्न बसेका शेर्पामाथि भालुको आक्रमण

September 21, 2026
0
त्रियुगा–१० को कांग्रेस सचिवमा नवराज खनाल

त्रियुगा–१० को कांग्रेस सचिवमा नवराज खनाल

September 21, 2026
0
१५ वर्षमै उद्यमी बनेकी अन्जिता : ५ सय रुपैयाँबाट सुरु गरेको व्यवसाय अहिले आम्दानीको आधार बन्दै

१५ वर्षमै उद्यमी बनेकी अन्जिता : ५ सय रुपैयाँबाट सुरु गरेको व्यवसाय अहिले आम्दानीको आधार बन्दै

September 20, 2026
0
Next Post
मानव बेचबिखनमा दोषी नेचासल्यानका परियार सहित ५ जनालाई जेल सजाय

मानव बेचबिखनमा दोषी नेचासल्यानका परियार सहित ५ जनालाई जेल सजाय

Discussion about this post

Everest Highlights

बालमैत्री वडा बन्दै फाप्लु : घोषणाको तयारी तीव्र

बालमैत्री वडा बन्दै फाप्लु : घोषणाको तयारी तीव्र

September 21, 2026
मकैबारी हेरचाह गर्न बसेका शेर्पामाथि भालुको आक्रमण

मकैबारी हेरचाह गर्न बसेका शेर्पामाथि भालुको आक्रमण

September 21, 2026
त्रियुगा–१० को कांग्रेस सचिवमा नवराज खनाल

त्रियुगा–१० को कांग्रेस सचिवमा नवराज खनाल

September 21, 2026
१५ वर्षमै उद्यमी बनेकी अन्जिता : ५ सय रुपैयाँबाट सुरु गरेको व्यवसाय अहिले आम्दानीको आधार बन्दै

१५ वर्षमै उद्यमी बनेकी अन्जिता : ५ सय रुपैयाँबाट सुरु गरेको व्यवसाय अहिले आम्दानीको आधार बन्दै

September 20, 2026
दिप्लीघाटको बेलीब्रिज जोखिममा, सवारीसाधन सञ्चालनमा सतर्कता अपनाउन आग्रह

दिप्लीघाटको बेलीब्रिज जोखिममा, सवारीसाधन सञ्चालनमा सतर्कता अपनाउन आग्रह

September 20, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
बालमैत्री वडा बन्दै फाप्लु : घोषणाको तयारी तीव्र

बालमैत्री वडा बन्दै फाप्लु : घोषणाको तयारी तीव्र

September 21, 2026
मकैबारी हेरचाह गर्न बसेका शेर्पामाथि भालुको आक्रमण

मकैबारी हेरचाह गर्न बसेका शेर्पामाथि भालुको आक्रमण

September 21, 2026
त्रियुगा–१० को कांग्रेस सचिवमा नवराज खनाल

त्रियुगा–१० को कांग्रेस सचिवमा नवराज खनाल

September 21, 2026
No Result
View All Result

September 2026
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
27282930  
« Aug    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly