Tuesday, September 1, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

बर्षाका कारण सोलुमा १५ हेक्टरमा लगाएको धान बालीमा क्षति, कोशी प्रदेशको कुन कुन जिल्लामा कति क्षेति ?

Radio Everest by Radio Everest
November 4, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

कार्तिक १८, सोलुखुम्बु । कात्तिक १५ देखि १७ गतेसम्म परेको अविरल वर्षाका कारण कोशी प्रदेशमा कृषि बालीमा २ अर्ब बढीको क्षति पुगेको छ । कोशी प्रदेश कृषि विकास निर्देशनालय, विराटनगरले सार्वजनिक गरेको प्रारम्भिक विवरणअनुसार यस क्षेत्रमा १२ हजार ६३२ हेक्टर क्षेत्रफलमा लगाएको बालीमा क्षति पुगेको हो ।

निर्देशनालयका अनुसार ५८ हजार २६७ दशमलव २६ मेट्रिक टन धान र तरकारी बाली नष्ट भएको छ । यसमध्ये २ हजार मेट्रिकटन तरकारी बालीमा क्षति पुगेको छ । तरकारीको मूल्य ४ करोड रुपैयाँ बराबर छ भने धानको मूल्य २ अर्ब १ करोडभन्दा बढी देखिएको छ । जम्मा क्षति भने २ अर्ब ५ करोड ५४ लाख ३६ हजार ७ सय ९० रुपैयाँ रहेको निर्देशनालयका सूचना अधिकारी पूर्णमाया गुरुङले जानकारी दिइन् । तथ्याङ्कअनुसार झापा, मोरङ र सुनसरी जिल्लामा सबैभन्दा बढी क्षति भएको छ । झापामा ४ हजार ३६४ हेक्टरमा लगाएको धान बालीमा क्षति पुगेको छ, जसबाट २१ हजार ८२० मेट्रिक टन धानमा नोक्सान हुँदा अनुमानित ७८ करोड ११ लाख ५६ हजार रुपैयाँ नोक्सान भएको छ ।

त्यसैगरी मोरङमा ३ हजार ४२१ हेक्टरमा १६ हजार ४२० दशमलव ८ मेट्रिक टन धानमा क्षति भएको छ, जसको मूल्य ५८ करोड ७८ लाख ६४ हजार रुपैयाँ अनुमान गरिएको छ । सुनसरीमा २ हजार ८५१ हेक्टरमा १२ हजार ६५८ दशमलव ४४ मेट्रिक टन धानमा क्षति पुगेको छ, जसको मूल्य ४५ करोड ३१ लाख ७२ हजार रुपैयाँ छ । सुनसरीमै २ सय हेक्टरमा लगाएको तरकारी बालीमा पनि क्षति पुगेको छ, जसको मूल्य ४ करोड रुपैयाँ बराबर छ ।

पहाडी जिल्लामध्ये उदयपुरमा ३२३ हेक्टर, इलाममा २६८ हेक्टर, पाँचथरमा १४४ हेक्टर, ताप्लेजुङमा १२० हेक्टर, धनकुटामा ११८ हेक्टर, तेह्रथुममा १५७ हेक्टर, भोजपुरमा २५० हेक्टर, खोटाङमा २ सय हेक्टर, ओखलढुंगामा ७६ हेक्टर, सोलुखुम्बुमा १५ हेक्टर र संखुवासभामा १२५ हेक्टर क्षेत्रफलमा लगाएको धान बालीमा क्षति पुगेको छ । यी सबै धान बालीमा बीमा नभएको निर्देशनालयले जनाएको छ । यस्तै तराईका जिल्लामा २० प्रतिशत धान ढलेको र ढलेको धानमा करिब २५–३० प्रतिशत क्षति भएको हो ।

पहाडी जिल्लामा ८–१० प्रतिशत धान ढलेको र ढलेको धानमा करिब २५ प्रतिशत क्षति पुगेको निर्देशनालयको तथ्याङ्क छ । तराई र पहाडको तुलनामा हिमाली जिल्लामा कम क्षति भएको छ । हिमाली जिल्लामा ५–६ प्रतिशत धान ढलेको र ढलेको धानमा करिब २५ प्रतिशत क्षति भएको तथ्याङ्क छ ।

Previous Post

३ सय १० किमि लामो सोलुखुम्बु ट्रेल रेस शुरु, विभिन्न देशका २९ धावक सहभागी

Next Post

पश्चिमी वायुको प्रभाव घट्दै, आज बेलुकादेखि मौसममा सुधार हुने सम्भावना

Related Posts

सोलुका सांसद कार्कीले एक महिनाको तलब दैवी प्रकोप उद्धार कोषमा दिने

सोलुका सांसद कार्कीले एक महिनाको तलब दैवी प्रकोप उद्धार कोषमा दिने

September 1, 2026
0
भोटेकोशी बाढीको जोखिम अझै कायमै, सतर्क रहन आग्रह

भोटेकोशी बाढी : कोशी प्रदेशका १५९ जना अझै सम्पर्कविहीन

September 1, 2026
0
तेलको मूल्य बढेपछि अमेरिकी सेयर बजारमा गिरावट

तेलको मूल्य बढेपछि अमेरिकी सेयर बजारमा गिरावट

September 1, 2026
0
नेचासल्यान गाउँपालिकाको काठमाडौँमा २ दिने एकीकृत सेवा शिविर सुरू

काठमाडौँमा नेचासल्यानको सेवा शिविर सकियो, ५१० नागरिक लाभान्वित

September 1, 2026
0
Next Post
अन्नपूर्ण आधारशिविरमा १३ पर्यटक सम्पर्कविहीन, खोजी कार्य तीव्र

पश्चिमी वायुको प्रभाव घट्दै, आज बेलुकादेखि मौसममा सुधार हुने सम्भावना

Discussion about this post

Everest Highlights

सोलुका सांसद कार्कीले एक महिनाको तलब दैवी प्रकोप उद्धार कोषमा दिने

सोलुका सांसद कार्कीले एक महिनाको तलब दैवी प्रकोप उद्धार कोषमा दिने

September 1, 2026
भोटेकोशी बाढीको जोखिम अझै कायमै, सतर्क रहन आग्रह

भोटेकोशी बाढी : कोशी प्रदेशका १५९ जना अझै सम्पर्कविहीन

September 1, 2026
तेलको मूल्य बढेपछि अमेरिकी सेयर बजारमा गिरावट

तेलको मूल्य बढेपछि अमेरिकी सेयर बजारमा गिरावट

September 1, 2026
नेचासल्यान गाउँपालिकाको काठमाडौँमा २ दिने एकीकृत सेवा शिविर सुरू

काठमाडौँमा नेचासल्यानको सेवा शिविर सकियो, ५१० नागरिक लाभान्वित

September 1, 2026
रुपाटार स्वास्थ्य चौकी जिल्लाकै पहिलो पोषणमैत्री स्वास्थ्य संस्था घोषणा

रुपाटार स्वास्थ्य चौकी जिल्लाकै पहिलो पोषणमैत्री स्वास्थ्य संस्था घोषणा

August 31, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
सोलुका सांसद कार्कीले एक महिनाको तलब दैवी प्रकोप उद्धार कोषमा दिने

सोलुका सांसद कार्कीले एक महिनाको तलब दैवी प्रकोप उद्धार कोषमा दिने

September 1, 2026
भोटेकोशी बाढीको जोखिम अझै कायमै, सतर्क रहन आग्रह

भोटेकोशी बाढी : कोशी प्रदेशका १५९ जना अझै सम्पर्कविहीन

September 1, 2026
तेलको मूल्य बढेपछि अमेरिकी सेयर बजारमा गिरावट

तेलको मूल्य बढेपछि अमेरिकी सेयर बजारमा गिरावट

September 1, 2026
No Result
View All Result

September 2026
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
27282930  
« Aug    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly