साउन १६, सोलुखुम्बु । सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिकामा पहिरोले हाइटेन्सनको पोल ढल्दा विद्युत अबरुद भएको छ । गएराति अविरल वर्षापछि गएको पहिरोले थुलुङदुकोशी गाउँपालिका वडा नम्बर १ नैलेमा हाइटेन्सन लाइनको पोल ढल्दा विद्युत सेवा अवरुद्व भएको हो ।
पालिकाको नेले, काँगेल, पञ्चन लगायतमा विद्युत सेवा अवरुद्व भएको छ । उक्त ठाउँहरुमा प्राविधिकहरुको टोलीले र्ममत संहार गरिरहेका छन् । ममर्तको कार्यसके लगतै विद्युत सेवा सुचारु हुने नेपाल विद्युत प्राधिकरण सोलुखुम्बु वितरण केन्द्रका इन्जिनियर जिवत्स शर्माले जनाएको छ ।
Discussion about this post