साउन १८, सोलुखुम्बु । चिप्ले किरा टिप्न हिँडेका नेर्पाका एक व्यक्तिको शव खोलामा भेटिएको छ । खोटाङको नेर्पाका एक हर्कमणी राई स्थानीय मेवाखोलामा मृत फेला परेका छन् । जिल्लाको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका वडा नम्बर– ६ नेर्पा स्थित मेवा खोलामा उनि मृत फेला परेको जनाइएको छ ।
नेर्पा घर भएका ७६ वर्षीय हर्कमनी ३ दिनदेखि बेपत्ता थिए । उनको शब क्षतविक्षत अवस्थामा भेटिएको र पोस्टमार्टमका लागि जिल्ला अस्पताल लैजाने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी निरीक्षक बेनु कार्कीले जानकारी दिनुभयो ।
गत १६ गते बिहान ६ बजेतिर चिप्लेकिरा टिप्न भनी हिँडेका उनी आज दिउँसो करिव ११ बजे सोही वडाको नादुम स्थित खेतमा पल्टिएको अवस्थामा मृत फेला परेका थिए । मृत्युको प्रकृति हेर्दा खोलाले बगाएको जस्तो देखिएको प्रहरी निरीक्षक कार्कीको भनाई छ ।
Discussion about this post