भदौ ८, सोलुखुम्बु । सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका वडा नम्बर ११ तिङ्लाका किसानका भैँसी अज्ञात रोगका कारण मर्न थालेका छन् । तिङला बासपुराका किसान नारायणकाजी बस्नेतको लैनो भैँसी फोक्सो फुलिने रोगका कारण शनिबार थलामै मरेको छ ।
६ दिनको सुत्केरी भैँसी आज शनिवार बाधेको गोठमै मरेको हो । गत २ गते प्रसुती भएको भैँसी त्यसयता पटक पटक बिरामी हुादै आएको थियो । स्थानीय स्तरमा उपलब्ध पशुस्वास्थ्य चिकित्सकलाई ल्याएर जाँच गारएर औषधी उपचार गर्दा ठिक हुँदै फेरी बिरामी हुँदै केही दिन सम्म बाँचको किसान बस्नेतको भैँसी आज बिहान गोठमै मरेको उनले बताएका छन् । दैनिक ४ कुरुवा सम्म दूध दिने उनको भैँसी मरेपछि गोठ त रित्तियो नै साथै उनको आम्दानीको श्रोत समेत गुमेको छ ।
किनबेचको हिसाबले दाम गर्दा करिव २ लाख मोलमोलाइ भएको लैनो भैँसी मर्दा आफूलाई ठुलो हानी भएको उनको भनाई छ । बस्नेत जस्तै तिङ्लाका अन्य तिन किसानका भैँसी पनि यसैगरी बाँधेकै ठाउँमा गोठमै मरेका छन् ।
केही समय अघि स्थानीय मेरुदण्ड राईको भैँसी पनि यसैगरी मरेको थियो भने अर्का किसान भेष बहादुर कार्कीको र्भसी पनि यसैगरी मरेको थियो । लाखौ खर्च गरेर किनेर गोठमा बाँधेका भैँसी फ्याट फ्याट फ्याट मर्न थालेपछी किसान थप चिन्तामा परेका छन् । यसरी मरेका भैँसीहरुमा फोक्सोमा सङ्क्रमण हुने गरेको पशु स्वास्थ्य चिकित्सकको भनाई छ ।
Discussion about this post