भदौ ८, सोलुखुम्बु । सोलुखुम्बुको नेचासल्यान गाउँपालिका वडा नं २ खाल्पाका एक किशोर कृष्ण बहादुर खड्काले आत्महत्या गरेका छन् ।
उनी दिपक खड्का र उर्मिला खड्काका छोरा हुन् । उनकी आमा केही समय अगाडी नै मृत्यु भइरहेको पारिवारिक स्रोतले जनाएको छ । उनी २ दिन अघि बेपत्ता भएका थिए, खोजतलासी गर्ने क्रममा घर भित्र भुण्डिएको आवस्थामा फेला परेका छन् । यद्यपि प्रहरीले थप अनुसन्धान गरिरहेको जनाईएको छ ।
Discussion about this post