भदौ ९, सोलुखुम्बु । नेपाल–भारत सीमाको दशगजा क्षेत्र झापाको कचनकवल गाउँपालिका–१ घेराबारीमा भारतीय नागरिकले बाटो खन्न थालेपछि स्थानीयबासीन्दाले रोकेका छन् । गएरातिदेखि भारतीय नागरिकले बाटो खन्दै गरेको अवस्थामा उनीहरुलाई काममा अवरोध गरिएको कचनकवल–१ का वडाध्यक्ष रञ्जित लिम्बूले जानकारी दिनुभयो ।
उहाँका अनुसार भारतीय नागरिकले रातमा बाटो खन्ने गरेको भेटिएको छ । एक सय ५० मिटर बाटो खनिसकेको अवस्था रहेको उहाँले बताउनुभयो । खनिएको बाटो पुर्ने प्रयास गरे पनि भारतीय नागरिकले नदिएको उहाँको भनाइ छ ।
झापाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बाँस्तोलाले दशगजा नजिकै सडक खनिएपछि दुवै पक्षबीच विवाद भएको बताउनुभएको छ । उहाँका अनुसार विवाद बढेपछि काम बन्द गरेर छलफल थालिएको छ ।
Discussion about this post