भदौ ९, सोलुखुम्बु । कोशीका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मन्त्रालय संख्या थप नगर्ने बताउनुभएको छ । काठमाडौंबाट फर्किँदा आइतबार विराटनगर विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै कार्कीले मन्त्रालय संख्या ९ बाट नबढाउने बताउनुभएकोे हो ।
एमालेले मुख्यमन्त्रीसहित ५ र कांग्रेसले ४ मन्त्रालय लिने सहमति भएको दुबै दलका नेताहरुले बताएका छन् । तर कांग्रेसले आन्तरिक भागबण्डा मिलाउन मन्त्रालय बढाउन मुख्यमन्त्रीलाई आग्रह गरेको छ । सोही कारण १२ साउनमा सरकारमा जाने निर्णय गरेको कांग्रेसले अझै मन्त्रीको नाम पठाएको छैन ।
काठमाडौंमा कांग्रेस र एमालेका शीर्ष नेता भेटेर आएका मुख्यमन्त्री कार्कीले मन्त्रालय नथप्ने सहमति भएको बताउनुभएको छ । कांग्रेसले मन्त्रीको नाम दिनेवित्तिकै मन्त्रिपरिषद विस्तार गर्ने उहाँको भनाई छ ।
Discussion about this post