भदौ ९, सोलुखुम्बु । सोलुखुम्बुको सदरमुकामा सल्लेरीको बजार अनुगमन गरिएको छ । आइतबार जिल्लाको सोलुदुधकुण्ड नगरपालिका ५ र ६ का विभिन्न किराना तथा मासु पसलको अनुगमन गरिएको हो । घरेलु तथा साना उद्योग कार्यालय सोलुखुम्बुको अगुवाईमा जिल्ला प्रशासन कार्यालय, सोलुदुधकुण्ड नगरपालिका, उद्योग वाणिज्य संघ सम्मीलित बजार अनुगमन टोलीले गरेको बजार अनुगमनका क्रममा यो पटक अवस्था सामान्य रहेको जनाइएको छ ।
घरेलु तथा साना उद्योग कार्यालय सोलुखुम्बुका प्रमुख नारायण प्रसाद खतिवडाको संयोजकत्वको टोलीले गरेको बजार अनुगमनका क्रममा १० प्याकेट पाउरोटी म्याद गुज्रिएको अवस्थामा फेला पारेको कार्यालयका कर्मचारी टेक बहादुर बस्नेतले बताउनुभयो ।
फेला परेको उक्त अखाद्य बस्तुलाई जफत गरि सोही स्थानमै नष्ट गरिएको उहाँको भनाई छ । टोलीले वडा नम्बर ५ को सोलु सामुदायिक अस्पताल बाट जेरो प्वाइन्ट सम्मका होटल तथा पसलहरूको अनुगमन गरेको थियो ।
Discussion about this post