भदौ ९, सोलुखुम्बु । गुड्दा गुड्दैको मोटरसाइकलमा आगो लागेको छ । ओखलढुंगाको सिद्धिचरण नगरपालिका रमाइलो डाडाँमा गुड्दा गुड्दैको मोटरसाइकलमा एक्कासि आगो लागेको जनाइएको हो । नेचासल्यान गाउँपालिका वडा नम्बर १ का ल्हाक्पा शेर्पाको बजाज कम्पनीको पल्सर १ सय ५५ सिसि इन्जीनको मोटरसाइकलमा आगालगी भएको जनाइएको छ । ग्यारेजबाट सर्भिसिङ गरेर लैजाने क्रममा आगलागी भएको मोटरसाइकल पूर्ण रुपमा जलेर खरानी भएको छ । प्रदेश ३–०२–०१० प ३५३९ नम्बरर को मोटरसाइकल सर्भिसिङ गरेर ल्हाक्पा रुम्जाटारतर्फ जादै थिए ।
Discussion about this post