भदौ ९, सोलुखुम्बु । सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिका वडा नम्बर ८ का ८६ जना वडाबासीले काठमाडौंबाटै प्रशासनिक सेवा लिएका छन् । सत्कार पाहुना घर चाबहिल काठमाडौंमा सञ्चालित शिविरमा ८६ जनाले सेवा दिएका हुन् ।
शिविरमा वडाले प्रदान गर्ने सम्पूर्ण सेवा प्रदान गरिएको थुलुङ दुधकोशी गाउँपालिका वडा नम्बर ८ का वडा अध्यक्ष राजेश किरातीले बताउनुभयो । उहाँ अनुसार शिविरमा पञ्जिकरण सम्बन्धी सेवामा जन्म दर्ता ५ जनाले, सामाजिक सुरक्षा नविकरण ५३ जना, विवाह दर्ता ७ जना, नाता प्रमाणित ४ जना, विद्युत जडान सिफारिस १ जना, बाल पोषण भत्ता नविकरण १६ जना गरी ८६ जनाले सेवा लिएका हुन् ।
काठमाण्डौमा बस्दै आउनु भएका वडाका अपाङ्गता भएका अशक्त र वृद्धहरूको सहजताका लागी काठमाण्डौबाट सेवा प्रवाह गरिएको उहाँको भनाई रहेको छ ।
Discussion about this post