भदौ ३१, सोलुखुम्बु । सोलुखुम्बु जिल्लामा स्थानीय तहका स्वास्थ्य शाखा र साझेदार संस्थाहरूको वार्षिक समीक्षा एवं योजना गोष्ठी सुरु गरिएको छ । जिल्ला स्वास्थ्य कार्यालय सोलुखुम्बुको आयोजनामा आज देखी वार्षिक समीक्षा एवं योजना गोष्ठी सुरु गरिएको हो ।
आठै वटा स्थानीय तहका स्वास्थ्य शाखा प्रमुख र जिल्लामा स्वास्थ्य क्षेत्रमा क्रियाशील साझेदार संस्थाहरूले आर्थिक वर्ष २०८०/ ८१ मा सम्पन्न गरेका कार्यक्रमहरूको समीक्षा गरिएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख सुमन तिवारीले बताउनु भयो ।
जिल्ला स्तरीय वार्षिक समीक्षा तथा योजना गोष्ठी फाप्लु स्थित साङ्ग्रिला होटलमा गरिएको हो । स्थानीय तहहरूका स्वास्थ शाखा तथा साझेदार संस्थाहरूको वार्षिक समीक्षा तथा योजना गोष्ठी भोलि सम्पन्न हुने जिल्ला स्वास्थ्य कार्यालय सोलुखुम्बुले जनाएको छ ।
Discussion about this post