असोज २, सोलुखुम्बु । सोलुखुम्बुको माप्य दुधकोशी गाउँपालिका वडा नम्बर ६ का चन्द्र बहादुर राईलाई घर निर्माण गरिने भएको छ । आर्थिक अवस्था कम्जोर साथै त्रिपाल मुनी बस्दै आएकाले माप्यदुधकोशी गाउँपालिका र रिड नेपालको आर्थिक सहयोगमा घर निर्माण हुने भएको हो ।
गाउँपालिकाको १ लाख ५० हजार र रिड नेपालको १ लाख ५० हजार गरी कुल ३ लाख रुपैँया लागत साझेदारीमा घर निर्माण गरिने स्थानीय देवी प्रसाद घिमिरेले जानकारी दिनुभयो । बुधबार माप्यदुधकोशी गाउँपालिकाका उपाध्यक्ष गौरव राई र रीड नेपालका शिक्षा विकास संयोजक केशव देव गिरीले राईको टहरामै पुग्नु भएको थियो ।
उक्त टहरामा चन्द्र बहादुर राई र उनका १ छोरी र १ छारा बस्दै आएका छन् ।
Discussion about this post