असोेज ५, सोलुखुम्बु । सोलुदुधकुण्ड नगरपालिका वडा नम्बर २ स्थित थुप्तेन छोलिङ गुम्बामा शिविरको पहिलो दिन १ सय बढीले सेवा लिएका छन् । तेज फाउन्डेसनको सहकार्य तथा धुलिखेल हस्पिटलको प्राविधिक सहयोगमा रोटरी क्लब अफ दरबार मार्गको आयोजनामा थुप्तेन छोलिङ गुम्बामा शिविरको पहिलो दिन १ सय ४० जनाले सेवा लिएका हुन् ।
शनिवार देखि गुम्बामा रहेका आनि तथा लामाहरूको स्वास्थ्य उपचार गर्ने उद्देश्यले २ दिने निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरिएको आयोजक संस्थाले जनाएको छ । विगत लामो समयदेखि स्वास्थ्य, शिक्षा, गरिबी निवारण लगायतका क्षेत्रमा काम गरिरहेको संस्थाले सोलुखुम्बुमा पनि निकै लामो समयदेखि सेवा दिँदै आएको रोटरी क्लब अफ दरबार मार्गका अध्यक्ष गोकुल थापाले बताउनुभयो ।
शिविरमा सामान्य चिकित्सा, स्त्री तथा प्रसूति र दन्त तथा मुख जाँच गर्नका साथै आवश्यक औषधि वितरण गरिएको छ । शिविरमा पूर्व पर्यटन मन्त्री याङ्किला शेर्पा, सोलुदुधकुण्ड नगरपालिका प्रमुख नाम्गेल जाङ्बु शेर्पा, उप प्रमुख गान्धी माया तामाङ, वडा अध्यक्ष ङ्वाङ ठिले शेर्पा, प्रमुख प्रशाकिय अधिकृत कोपिला राई, महिला उद्यमी सङ्घ सोलुखुम्बुका अध्यक्ष शारदा माया तामाङ, रोटरी क्लब अफ सल्लेरीका अध्यक्ष कुसाङ लामा, रोटरी क्लब अफ सल्लेरीका पूर्व अध्यक्ष एका कुमारी कार्की लगायतको उपस्थित रहेको थियो ।
Discussion about this post