Wednesday, September 9, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

खोटाङका दुई हजुरआमा नातिनीहरूसँगै स्कुल पढ्दै

Radio Everest by Radio Everest
September 22, 2024
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

असोज ६,सोलुखुम्बु । खोटाङका धनकुमारी राई र पुजान दर्जी नातिनीहरूसँगै विद्यालयमा पढ्न सुरु गर्नुभएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१०, पाथेकाकी ७८ वर्षीय धनकुमारी राई र ५२ वर्षीय पुजान दर्जी अहिले नातिनीहरूसँगै विद्यालयमा पढ्न सुरु गर्नुभएको हो । धनकुमारी र पुजान आफ्ना नातिनी पढिरहेको सरस्वती माध्यमिक विद्यालय पाथेकामा कक्षा १ मा भर्ना हुनुभएको छ ।

असोज २ गते विद्यालयमा भर्ना हुनुभएका उहाँहरू अहिले नियमित विद्यालय गएर पढिरहनुभएको सरस्वती माविका प्रधानाध्यापक उत्रप्रसाद राईले बताउनुभयो । धनकुमारीकी नातिनी परिसा राई र पुजानकी नातिनी स्नेहा दर्जी सोही मावि भवनमा रहेको बालविकास केन्द्रमा पढ्नुहुन्छ । हजुरआमाहरू आआफ्ना नातिनीलाई डोहो¥याउँदै उक्त बालविकास केन्द्रमा पुग्नुहुन्थ्यो र छुट्टी भएपछि उसैगरी नातिनीसँग घर फर्किनुहुन्थ्यो ।

यसरी एकै भवनमा रहेको बालविकास केन्द्रमा आउने जाने गरेको दुई महिना बितिसकेको थियो । दिनभर उक्त केन्द्रमा बसेर समय बिताइरहेका हजुरआमाहरूलाई विद्यालयका शिक्षिकाले भर्ना भएर पढ्न सुझाव दिए । त्यही सुझावमा राजी हुँदै धनकुमारी र पुजान सोही विद्यालयको कक्षा १ मा भर्ना हुनुभएको हो । अहिले दुवै हजुरआमा कापी कलम च्यापेर नातिनीसँगै स्कुल जान सुरु गर्नुभएको छ । भर्ना भएकै मितिबाट धनकुमारी र पुजानलाई दिवा खाजा दिन सुरु गरिएको प्रधानाध्यापक राईले बताउनुभयो ।

धनकुमारी र पुजान नागरिकता बोकेर भर्ना हुन विद्यालय पुग्नुभएको थियो । नागरिकतामा धनकुमारीको जन्ममिति २००३ कात्तिक १७ गते र पुजानको २०२९ कात्तिक २० गते उल्लेख छ । उमेर ढल्किए पनि धनकुमारी सहजै हिँडडुल गर्न सक्नुहुन्छ । कान राम्ररी सुन्नुहुन्छ । हालसम्म चस्मा लगाउनुभएको छैन । बाल्यकालमा पढ्न नपाएको रहर अहिले पूरा गर्न लागेको पुजान बताउनुहुन्छ । यस्तै अक्षर र अङ्क जान्ने मनसहित स्कुल जान थालेको धनकुमारी बताउनुहुन्छ ।

प्रधानाध्यापक राईका अनुसार हजुरआमाहरू नै स्कुल जान थालेपछि अरूका लागि प्रेरणा मिलेको छ । २०१७ सालमा स्थापना गरिएको सरस्वती माविमा हाल तीन सयभन्दा बढी विद्यार्थी अध्ययनरत छन् । सो माविमा गत भदौ ६ गतेदेखि चन्दा उठाएर कक्षा ११ को पठनपाठन पनि सुरु गरिएको छ ।

Previous Post

मोरङमा घरमा मृत भेटिए ससुरा, ज्वाईं फरार

Next Post

आज यी प्रदेशमा मेघ गर्जनसहित वर्षाको सम्भावना

Related Posts

बाढीपीडितका लागि थुलुङ दुधकोशीले १७ लाख ८५ हजार दिने

बाढीपीडितका लागि थुलुङ दुधकोशीले १७ लाख ८५ हजार दिने

September 9, 2026
0
सल्लेरीमा पटक–पटक विद्युत् अवरुद्ध हुँदा उपभोक्ता मर्कामा

सल्लेरीमा पटक–पटक विद्युत् अवरुद्ध हुँदा उपभोक्ता मर्कामा

September 9, 2026
0
उदयपुरका तीन स्वास्थ्य चौकीलाई बेबी वार्मर र १७ स्वास्थ्य चौकीलाई नेबुलाइजर मेसिन हस्तान्तरण

उदयपुरका तीन स्वास्थ्य चौकीलाई बेबी वार्मर र १७ स्वास्थ्य चौकीलाई नेबुलाइजर मेसिन हस्तान्तरण

September 9, 2026
0
आपत्कालीन कोष स्थापना गर्दै शेर्पा समाजको साधारण सभा सम्पन्न

आपत्कालीन कोष स्थापना गर्दै शेर्पा समाजको साधारण सभा सम्पन्न

September 8, 2026
0
Next Post
आज यी प्रदेशमा मेघ गर्जनसहित वर्षाको सम्भावना

आज यी प्रदेशमा मेघ गर्जनसहित वर्षाको सम्भावना

Discussion about this post

Everest Highlights

बाढीपीडितका लागि थुलुङ दुधकोशीले १७ लाख ८५ हजार दिने

बाढीपीडितका लागि थुलुङ दुधकोशीले १७ लाख ८५ हजार दिने

September 9, 2026
सल्लेरीमा पटक–पटक विद्युत् अवरुद्ध हुँदा उपभोक्ता मर्कामा

सल्लेरीमा पटक–पटक विद्युत् अवरुद्ध हुँदा उपभोक्ता मर्कामा

September 9, 2026
उदयपुरका तीन स्वास्थ्य चौकीलाई बेबी वार्मर र १७ स्वास्थ्य चौकीलाई नेबुलाइजर मेसिन हस्तान्तरण

उदयपुरका तीन स्वास्थ्य चौकीलाई बेबी वार्मर र १७ स्वास्थ्य चौकीलाई नेबुलाइजर मेसिन हस्तान्तरण

September 9, 2026
आपत्कालीन कोष स्थापना गर्दै शेर्पा समाजको साधारण सभा सम्पन्न

आपत्कालीन कोष स्थापना गर्दै शेर्पा समाजको साधारण सभा सम्पन्न

September 8, 2026
भुट्टार स्वास्थ्य चौकी पालिकाकै पहिलो तथा जिल्लाको दोस्रो ‘पोषणमैत्री स्वास्थ्य संस्था’ घोषणा

भुट्टार स्वास्थ्य चौकी पालिकाकै पहिलो तथा जिल्लाको दोस्रो ‘पोषणमैत्री स्वास्थ्य संस्था’ घोषणा

September 8, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
बाढीपीडितका लागि थुलुङ दुधकोशीले १७ लाख ८५ हजार दिने

बाढीपीडितका लागि थुलुङ दुधकोशीले १७ लाख ८५ हजार दिने

September 9, 2026
सल्लेरीमा पटक–पटक विद्युत् अवरुद्ध हुँदा उपभोक्ता मर्कामा

सल्लेरीमा पटक–पटक विद्युत् अवरुद्ध हुँदा उपभोक्ता मर्कामा

September 9, 2026
उदयपुरका तीन स्वास्थ्य चौकीलाई बेबी वार्मर र १७ स्वास्थ्य चौकीलाई नेबुलाइजर मेसिन हस्तान्तरण

उदयपुरका तीन स्वास्थ्य चौकीलाई बेबी वार्मर र १७ स्वास्थ्य चौकीलाई नेबुलाइजर मेसिन हस्तान्तरण

September 9, 2026
No Result
View All Result

September 2026
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
27282930  
« Aug    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly