असोज ७, सोलुखुम्बु । सोलुखुम्बुको सोताङ गाउँपालिकामा आफ्नी सौतेनी आमाको हत्या गर्ने एक व्यक्तीलाई प्रहरीले सार्वजनिक गरेको छ । गत असोज २ गते राती ८४ वर्षीय सौतेनी आमा चन्द्रमाया राईको हत्या गर्ने ४७ वर्षीय चन्द्र कुमार राईले पक्राउ गरि सार्वजनिक गरिएको हो । टाटीले बारेको घरमा एक्लै बस्दै आएकी चन्द्र मायाको ढुङ्गाले किच्याएर हत्या गरेको अनुसन्धानबाट खुलेको छ । हत्या भएको ३ दिन पछि ५ गते चन्द्रमायाको लास सडिसकेको अवस्थामा भेटिएको भनि प्रहरी समक्ष उनै हत्यारा चन्द्र कुमार राईले जाहेरी दिएका थिए । अनुसन्धानको क्रममा उनलेनै हत्या गरेको खुलेको प्रहरीले जनाएको छ ।
सौतेनी आमाको हत्या गरी चन्द्र कुमारले लासलाई तन्ना र अन्य कपडाले छोपेर छाडेको र बाहिर बाट मूल ढोकाको चुकुल लगाइदिएको भनेर स्वीकार गरिसकेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रमुख एवं प्रहरी नायब उपरीक्षक द्वारीका प्रसाद घिमिरेले बताउनुभयो । उनलाई असोज ६ गतेबाट लागू हुनेगरि जिल्ला अदालत सोलुखुम्बुबाट ७ दिनको म्याद थप गरेर अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।
Discussion about this post