असोज ११, सोलुखुम्बु । सोलुखुम्बुको सोताङ गाउँपालिका अध्यक्ष खिलराज बस्नेतले सोताङ प्राथमिक अस्पतालको निरीक्षण गर्नुभएको छ । शुक्रबार अस्पतालको सेवा प्रवाह साथै भौतिक सरंचनाहरुको निरीक्षण गर्नुभएको उहाँको सचिवालयले जनाएको छ ।
निरीक्षणको क्रममा उहाँले करिव २४ लाख बराबरको अत्याधुनिक मेसिन निमित्त प्रमुख प्रशासनिक श्रीध्वज राई, डाक्टर बिकेश श्रेष्ठ, डा.पवन मगर लगायत अस्पतालका कर्मचारीलाई हस्तान्तरण गर्नुभएको छ ।
मानव अधिकार शान्ति र बिकास मंच नेपालका डाक्टर तथा सोताङ प्राथमिक अस्पतालका डा. विकेश श्रेष्ठ लगायतको टोलीले २ जना महिलाको पाठेघर क्यान्सरको पहिचान गरि सफल शल्यक्रिया समेत गरेका छन् ।
Discussion about this post