मंसिर १६, सोलुखुम्बु । ओखलढुगांको मोलुङ गाउँपालिका वडा नम्बर ५ मा ७२८ मत खसेको छ । यो कुल मतदाताको करिब ५४.९४ प्रतिशत मत खसेको हो । मुख्य निर्वाचन अधिकृत गिरीराज गौतमका अनुसार दिउँसो २ बजेसम्म ७२८ मत अर्थात करिब ५४.९४ प्रतिशत मत खसेको हो ।
यस वडाबाट निर्वाचित गोपी कार्कीको केही महिना अघि निधन भएपछि यस वडामा उपनिर्वाचन हुन लागेको हो। गएको चुनावमा यस वडामा एमाले कांग्रेस उम्मेदवारसँग १४ मतले पराजित भएको थियो। काँग्रेसका उम्मेदवार गोपी कार्कीले ३ सय ८४ मत पाउँदा एमालेका गोपाल नेपालले ३ सय ७० मत प्राप्त गरेका थिए।
Discussion about this post