मंसिर १६, सोलुुखुम्बु । नेकपा (माओवादी केन्द्र) नेचासल्यान गाउँपालिका कमिटीले पुस मसान्त भित्र पालिका सम्मेलन सम्पन्न गर्ने निर्णय गरेको छ । शनिबार शहिद कुशुम प्रतिष्ठानको सभाहल नेचासल्यामा सम्पन्न प्रशिक्षण सहितको बैठकले उक्त निर्णय गरेको हो ।
गाउँ कमिटीका अध्यक्ष सिताराम भट्टराईको अध्यक्षता तथा पार्टीका केन्द्रीय सदस्य एवम् जिल्ला इन्चार्ज हेमकुमार राई (शुरवीर) को प्रमुख आतिथ्यतामा सम्पन्न बैठकले मंसिर मसान्त भित्र पार्टी सदस्यता नविकरण तथा वितरण सक्ने निर्णय गरेको छ ।
पुस १५ गते भित्र पाँच वटै वडाको सम्मेलन सक्ने निर्णय गर्दै तीनै तहको सरकारबाट प्राप्त बजेट र कार्यान्वयनका लागि खबरदारी गर्न बियस राईको संयोजकत्वमा सात सदस्यीय एक समिति समेत गठन गरिएको माओवादी केन्द्र सोलुखुम्बुका प्रचारप्रसार समितिका संयोजक भोजराज कार्कीले जानकारी दिनुभयो ।
Discussion about this post