Friday, September 25, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

रीड नेपालले स्थानीय तहमा शिक्षकको पेशागत विकास तालिमलाई तिव्रता दिदै

Radio Everest by Radio Everest
December 1, 2024
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

मंसिर १६, सोलुखुम्बु । हिमाली जिल्ला सोलुखुम्बुमा रीड नेपालले स्थानीय तहमा शिक्षकको पेशागत विकास तालिमलाई तिव्रता दिइरहेको छ । जिल्लाका स्थानीय तहहरुसँग समन्वय गरी अंग्रेजी, गणित र विज्ञान विषय अब्बल बनाउनका लागि शिक्षकहरुलाई विभिन्न तालिम आयोजना गर्दै तीन दिने तालिमलाई तिव्रता दिइएको हो ।

सोही तालिमका क्रममा आईतबार सोताङ गाउँपालिका र रीड नेपालको संयुक्त आयोजनामा पालिकामा तालिम सुरु गरिएको छ । तालिमको उद्घाटन रीड नेपालका शिक्षा विकास संयोजक केशव देव गिरीको अध्यक्षता तथा पालिका अध्यक्ष खिलाराज बस्नेतको प्रमुख आतिथ्यतामा सम्पन्न भएको जनाइएको छ । कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष बस्नेतले शिक्षकहरुलाई आफ्नो जिम्मेवारीमा प्रतिबद्ध भएर लाग्न आग्रह गर्दै शैक्षिक सुधारमा आफ्नो पहिलो ध्यान रहेको बताउनुभयो ।

तालिममा सिकेका कुरालाई व्यवहारमा उतार्न पनि शिक्षकहरुलाई अनुरोध गर्नुभएको छ । त्यस्तै कार्यक्रममा बोल्दै रीड नेपालका शिक्षा विकास संयोजक केशव देव गिरीले अंग्रेजी गणित विज्ञान विषयको सिकाइ उपलब्धी अझै कम भएकोले उक्त विषयलाई मध्यनजर गर्दै तालिम संचालन हुने बताउदै सामाजिक र प्रविधीलाई पनि तालिममा समावेश गरिने बताउनुभयो । साथै तालिमले मार्ग निर्देशन मात्र गर्ने हुदा बाकी जिम्मेवारी शिक्षकको नै हुने बताउदै सिकाइ मा सक्रियतासाथ सहभागी भै व्यवहारमा पनि उतार्न आग्रह गर्नुभयो ।

तालिमामा प्रशासन कार्यालयका प्रमुख प्रमुख प्रशासकीय अधिकृत वडा अध्यक्षले तालिम सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो । साथै सोही कार्यक्रममा रीड नेपालबाट छात्रवृत्ति पाउने विद्यार्थीलाई पालिका प्रमुख खिलराज बस्नेतको हातबाट छात्रवृत्ति वितरण गरिएको छ । जसमा झोला, २ दर्जन कापी ,पेन पेन्सिल, लगाएत अन्य सरसफाईका सामग्री समेत वितरण गरिएको छ । रीड नेपालले सोताङमा १६ जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिएको जनाइएको छ ।

पालिका भित्रका करिब ५० जना शिक्षकको सहभागीता रहेको तालिममा रीड नेपालका विषय विज्ञ अभिषेक विक्रम शाह, अर्पण रेग्मी, बासु वाग्ले र राजीव ढुंगानाले सहजीकरण गरिरहनु भएको छ । उक्त कार्यक्रममा क्षेत्रीय प्रशासन कार्यालय सोताङका प्रमुख नरेन्द्र कुमार श्रेष्ठ प्रहरी निरीक्षक एकनाथ भट्टराई, प्रमुख प्रशासकीय अधिकृत श्रीध्वज राई र वडा अध्यक्ष मानवीर राई, क्याम्पस प्रमुख दधीराम धमला, वीरेन्द्र ज्योति माविका प्रधानाध्यापक मोतीराम बस्नेत लगायतको उपस्थिति रहेको थियो ।

Previous Post

ककनिश्वर माविले भव्यताका साथ मनायो ६२ औं वार्षिक उत्सव

Next Post

लिलाबल्लभ विरुद्धको रिट दर्ता गर्न अस्वीकार

Related Posts

सोलुखुम्बु कांग्रेसको पालिका नेतृत्व टुंगियो, को–को बने सभापति ?

सोलुखुम्बु कांग्रेसको पालिका नेतृत्व टुंगियो, को–को बने सभापति ?

September 25, 2026
0
सोताङमा अभिभावक सिकाइ मेला सम्पन्न 

सम्भावित जोखिमका लागी सोताङको तयारी, एम्बुलेन्स देखी सडक सफा गर्ने संयन्त्र तयार

September 24, 2026
0
सोलुखुम्बुमा नेपाली कागज बनाउने तालिम सुरु

सोलुखुम्बुमा नेपाली कागज बनाउने तालिम सुरु

September 24, 2026
0
Private: जलविद्युत कम्पनिहरुले अस्तु समेत बगाउन पानी छाडेनन् ः नेपाली कांग्रेस

१३ गतेलाइ साेलु सर्याे कांग्रेसकाे क्षेत्रीय अधिवेशन

September 24, 2026
0
Next Post
लिलाबल्लभ विरुद्धको रिट दर्ता गर्न अस्वीकार

लिलाबल्लभ विरुद्धको रिट दर्ता गर्न अस्वीकार

Discussion about this post

Everest Highlights

सोलुखुम्बु कांग्रेसको पालिका नेतृत्व टुंगियो, को–को बने सभापति ?

सोलुखुम्बु कांग्रेसको पालिका नेतृत्व टुंगियो, को–को बने सभापति ?

September 25, 2026
सोताङमा अभिभावक सिकाइ मेला सम्पन्न 

सम्भावित जोखिमका लागी सोताङको तयारी, एम्बुलेन्स देखी सडक सफा गर्ने संयन्त्र तयार

September 24, 2026
सोलुखुम्बुमा नेपाली कागज बनाउने तालिम सुरु

सोलुखुम्बुमा नेपाली कागज बनाउने तालिम सुरु

September 24, 2026
Private: जलविद्युत कम्पनिहरुले अस्तु समेत बगाउन पानी छाडेनन् ः नेपाली कांग्रेस

१३ गतेलाइ साेलु सर्याे कांग्रेसकाे क्षेत्रीय अधिवेशन

September 24, 2026
उदयपुरका आठवटै पालिकामा कांग्रेसको नेतृत्व चयन

उदयपुरका आठवटै पालिकामा कांग्रेसको नेतृत्व चयन

September 24, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
सोलुखुम्बु कांग्रेसको पालिका नेतृत्व टुंगियो, को–को बने सभापति ?

सोलुखुम्बु कांग्रेसको पालिका नेतृत्व टुंगियो, को–को बने सभापति ?

September 25, 2026
सोताङमा अभिभावक सिकाइ मेला सम्पन्न 

सम्भावित जोखिमका लागी सोताङको तयारी, एम्बुलेन्स देखी सडक सफा गर्ने संयन्त्र तयार

September 24, 2026
सोलुखुम्बुमा नेपाली कागज बनाउने तालिम सुरु

सोलुखुम्बुमा नेपाली कागज बनाउने तालिम सुरु

September 24, 2026
No Result
View All Result

September 2026
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
27282930  
« Aug    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly