मंसिर १६, सोलुखुम्बु । उदयपुरको ताप्ली गाउँपालिका वडा नम्बर ४ स्थित ककनिश्वर मावि ठानागाउँद्धारा ६२ औं वार्षिक उत्सव भव्यताका साथ मनाइएको छ । “ सीप र संस्कार सहितको बैज्ञानिक शिक्षा, मावि ठानागाउँको प्रतिवद्धता” भन्ने मूल नाराका साथ विद्यालयले बार्षिक उत्सव मनाइएको हो । बार्षिक उत्सव समारोह ताप्ली गाउँपालिका अध्यक्ष ढुङ्गराज बिश्वकर्माद्धारा उद्घाटन गरिएको उत्सवमा बिद्यालयले उत्पादन गरेको नेपालका सम्मानित पदमा सरकारी सेवामा प्रवेश गरेका कर्मचारिहरुलाई प्रसंशा पत्रले सम्मान गरिएको छ ।
बि.सं.२०१९ सालमा स्थापना भई हालसम्म यस बिद्यालयबाट ३६ जना राज्यको स्थायी सेवामा प्रवेश गरि कार्यरत रहेका छन, भने धेरै संख्यामा निजि तथा सरकारी सेवामा नै करार सेवा र अस्थाई सेवामा कार्यरत रहेको प्रधानाध्यापक श्रीकाण्त पण्डितले जानकारी दिनुभयो । कार्यक्रमका अवसरमा बिद्यालयका पूर्व विद्यार्थी, शिक्षाप्रेमी, अभिभावक, शिक्षक साथै अन्य सरोकारवालहरुबाट आर्थिक सहयोग समेत जुटाईएको शिक्षक रमेश मगरले जानकारी दिनुभयो ।
उक्त कार्यक्रममा ताप्ली गाउँपालिका उपाध्यक्ष धनामया मगर, प्रमुख प्रशासकिय अधिकृत भक्त बहादुर राई, शिक्षा शाखा प्रमुख रेवती कुमरी जोशी ५ वटै वडाका वडाध्यक्षहरु, राजनैतिक दलका प्रतिनिधिहरु, शिक्षाप्रेमी, सुरक्षा निकायका प्रतिनिधि लगायत बिद्यार्थिहरुको उपस्थिती रहेको संवाददाता ठविन्द्र मगरले जानकारी दिनुभयो ।
Discussion about this post