मंसिर २३, सोलुखुम्बु । आज र भोलि देशका केही ठाउँमा वर्षा र हिमपातको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज बेलुकादेखि मौसम बदली हुने सम्भावना छ ।
पश्चिमी वायुसँगै आउने पश्चिमी न्यून चापीय प्रणालीका कारण आंशिकदेखि साधारणतया बदलीको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
आज बेलुकादेखि भोलि रातिसम्म सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली धेरै ठाउँमा तथा गण्डकी, बाग्मती र कोशी प्रदेशका उच्च पहाडी तथा हिमाली भागका थोरै ठाउँमा हल्कादेखि मध्यम हिमपात हुने सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।
Discussion about this post