Friday, June 19, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

खुम्बु क्षेत्रमा हेलिकप्टर उडानमा रोक लगाउने परिपत्रप्रति सगरमाथा टोल विकास संस्थाको सहमति

Radio Everest by Radio Everest
December 15, 2024
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

मंसिर २९, सोलुखुम्बु । सगरमाथा टोल विकास संस्था खुम्बु पासाङल्हामु गाउँपालिका ४ पाङबोचले खुम्बु क्षेत्रमा हेलिकप्टर उडानलाई पूर्ण रुपमा प्रतिबन्ध लगाउने परिपत्रप्रति सहमति जनाएको छ । सगरमाथा राष्ट्रिय निकुञ्जले आउँदो पुस १७ गतेदेखि हेलिकप्टरको व्यावसायिक उडान÷अवतरणमा रोक लगाउने परिपत्रप्रति सहमति जनाएको हो ।

साथै संस्थाले सगरमाथा क्षेत्रको संरक्षण र दीर्घकालीन विकासका लागि हेलिकप्टरको उडानमा रोक लगाउन सबै सरोकारवालाहरुलाई सहकार्य गर्न आगह समेत गरेको सगरमाथा टोल विकास संस्थाका अध्यक्ष लोटोक जाङबु शेर्पाले जानकारी दिनुभयो । यस क्षेत्रको प्राकृतिक सोन्दर्य, जैविक विविधता र सांस्कृतिक धरोहरलाई कायम राख्न सबै पक्षको जिम्मेवार भूमिका आवश्यक रहेको अध्यक्ष शेर्पाले उल्लेख गर्नुभएको छ ।

संयुक्त प्रयास र सहकार्यले मात्र यस क्षेत्रको पर्यावरणीय सन्तुलन र टिकाउ विकास सुनिश्चत गर्न सकिन्छ भन्दै प्रेस विज्ञप्ति जारी गरेको छ । खुम्बु पासाङल्हामु गाउँपालिका क्षेत्रमा हेलिकप्टर दलाली गर्ने वा पर्यटकलाई हेलिकप्टर प्रयोग गर्न प्रेरित गर्ने कुनै पनि गतिविधि भएमा व्यक्ति, एजेन्ट वा कम्पनीविरुद्ध कारबाहीका लागि सिफारिस गरिने समेत चेतावनी दिएको छ ।

सगरमाथा क्षेत्रको पर्यावरणीय सन्तुलन, स्थानीय जनताको हित र पर्यटक व्यवस्थापनलाई थप प्रभावकारी बनाउन मंसिर २५ गते का दिन सगरमाथा राष्ट्रिय निकुञ्ज कार्यालय, नाम्चेमा विषेश बैठक आयोजना गरिएको थियो । बैठकमा सगरमाथा राष्ट्रिय निकुञ्ज, खुम्बु पासाङल्हामु गाउँपालिका, खुम्बु बफर जोन कमिटी, महिला समूह, युवा क्लब, टोल विकास संस्था र स्थानीय बुद्धिजीवीहरुको सक्रिय सहभागिता रहेको थियो ।

बैठकले अनावश्यक र मनपरी हेलिकप्टर उडान तथा व्यवसायिक प्रयोजनका लागि गरिने उडानलाई पूर्ण रुपमा प्रतिबन्ध लगाउने र पर्यटकलाई घोडाको माध्यमबाट माथिल्लो क्षेत्रतर्फ लैजाने कार्यलाई रोक्ने सहमति गर्दै यसबारे कडा निर्णय गरिएको थियो । उक्त निर्णयमा नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले खुम्बु क्षेत्रमा हेलिकप्टर उडानमा रोक लगाउने भनी गरिएको पत्राचारप्रति आपत्ति जनाएको छ ।

Previous Post

देशमा पश्चिमी वायुको सामान्य प्रभाव, यस्तो छ आजको मौसम

Next Post

सडकमा पानी जम्न थालेसँगै सवारी चालकलाई सावधानी अपनाउन सोलु प्रहरीको आग्रह

Related Posts

सोलुदुधकुण्ड ८ केरुङको भवन मेयर शेर्पाबाट उद्घाटन, वडाकाे विकास नगरको प्राथमिकतामा रहेकाे दावी

सोलुदुधकुण्ड ८ केरुङको भवन मेयर शेर्पाबाट उद्घाटन, वडाकाे विकास नगरको प्राथमिकतामा रहेकाे दावी

June 18, 2026
0
लुक्ला मोटर बाटोको शिलान्यास, पर्यटन र स्थानीय जनजीवनमा नयाँ आशा

लुक्ला मोटर बाटोको शिलान्यास, पर्यटन र स्थानीय जनजीवनमा नयाँ आशा

June 18, 2026
0
साल्मेबासीको गुनासो : हाइड्रोसँग भएका सम्झौता कार्यान्वयन र बस्तीको सुरक्षा सुनिश्चित गर्न माग

साल्मेबासीको गुनासो : हाइड्रोसँग भएका सम्झौता कार्यान्वयन र बस्तीको सुरक्षा सुनिश्चित गर्न माग

June 18, 2026
0
उज्यालो नेपाल पार्टीको सोलुखुम्बु निर्वाचन क्षेत्र इन्चार्जको जिम्मेवारी पेम्बा छिरी शेर्पालाई

Discussion about this post

Everest Highlights

थुलुङ दुधकोशीमा स्वास्थ्य जाँच तथा अपाङ्गता पहिचान शिविर जारी : दोस्रो दिन २ सय ९८ जनाले लिए सेवा

थुलुङ दुधकोशीमा स्वास्थ्य जाँच तथा अपाङ्गता पहिचान शिविर जारी : दोस्रो दिन २ सय ९८ जनाले लिए सेवा

June 18, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
सोलुदुधकुण्ड ८ केरुङको भवन मेयर शेर्पाबाट उद्घाटन, वडाकाे विकास नगरको प्राथमिकतामा रहेकाे दावी

सोलुदुधकुण्ड ८ केरुङको भवन मेयर शेर्पाबाट उद्घाटन, वडाकाे विकास नगरको प्राथमिकतामा रहेकाे दावी

June 18, 2026
लुक्ला मोटर बाटोको शिलान्यास, पर्यटन र स्थानीय जनजीवनमा नयाँ आशा

लुक्ला मोटर बाटोको शिलान्यास, पर्यटन र स्थानीय जनजीवनमा नयाँ आशा

June 18, 2026
साल्मेबासीको गुनासो : हाइड्रोसँग भएका सम्झौता कार्यान्वयन र बस्तीको सुरक्षा सुनिश्चित गर्न माग

साल्मेबासीको गुनासो : हाइड्रोसँग भएका सम्झौता कार्यान्वयन र बस्तीको सुरक्षा सुनिश्चित गर्न माग

June 18, 2026
No Result
View All Result

June 2026
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
282930  
« May    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly