मंसिर २९, सोलुखुम्बु । हिमाली जिल्ला सोलुखुम्बुमा अत्यधिक चिसोका कारण सडकमा पानी जम्न थालेको छ । चिसो बढेसँगै सडकमा पानी जम्ने भएकाले सवारी चालकहरुलाई सावधानी अपनाउन जिल्ला प्रहरी कार्यालय र जिल्ला ट्राफिक कार्यालय सोलुखुम्बुले आग्रह गरेको छ ।
जमिनमा जमेको पानी दिउँसो घाम लागेपछि मात्रै बिलाउने भएकाले विहानको समयमा हिडडुल गर्न र सवारी साधनमा समेत समस्या हुने गरेको जिल्ला ट्राफिक कार्यालय सोलुखुम्बुका प्रमुख कृष्ण कुमार कट्वालले बताउनुभयो । साथै घर धनीहरुले घर अगाडी सार्वजनिक सडकमा पानी नहाल्न समेत उहाँले अनुरोध गर्नुभएको छ ।
तत्कालै हिउँ नपरे पनि हिमाली क्षेत्र भएकाले चिसोका कारण पानी जम्न थालेपछि जिल्लावासीको दैनिकी कष्टकर बनेको स्थानीयहरुले बताएका छन् ।
Discussion about this post