पौष १, सोलुखुम्बु । सोलुखुम्बुको महाकुलुङ गाउँपालिकामा विद्यालय सुधार योजना तर्जुमा कार्यशाला सम्पन्न भएको छ । जी फाउन्डेसनको आर्थिक तथा प्राविधिक सहयोगमा पहाडी विकास तथा संरक्षण समूह नेपालले पालिकासँगको समन्वयवमा २ दिने विद्यालय सुधार योजना तर्जुमा कार्यशाला सम्पन्न भएको हो ।
आईतबार सगरमाथा माध्यमिक विद्यालय बुङ, पेल्माङ आधारभूत विद्यालय पेल्माङ र जनसुधार आधारभूत विद्यालय गरि ३ वटा विद्यालयका वि.व्य.स, शि.अ.संघ र प्रअ तथा शिक्षक प्रतिनिधिहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा महाकुलुङ गाउँपालिका शिक्षा शाखा प्रमुख झमक कटुवालले विद्यालय सुधार योजनाको महत्त्वबारे प्रष्ट पार्नुभएको संवाददाता उदव कुलुङले जानकारी दिनुभयो ।
महाकुलुङ गाउँपालिका अध्यक्ष सुर्य बहादुर कुलुङको प्रमुख आतिथ्य र पहाडी विकास तथा संरक्षण समूह नेपालको सचिव परम ध्वज कुलुङको अध्यक्षतामा कार्याक्रम संचालन गरिएको उहाँको भनाई छ । कार्यक्रममा जी फाउण्डेशनको बरिष्ठ शिक्षा अधिकृत ललिता तामाङले सहजीकरण गर्नुभएको थियो ।
Discussion about this post