Tuesday, September 8, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

मन्त्री भएको सय दिन पुरा भएसँगै मन्त्री राईद्वारा रसुवा–सिमपानी सडक कालोपत्रेको शिलान्यास

Radio Everest by Radio Everest
December 22, 2024
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

पौष ७, सोलुखुम्बु । भौतिक पूर्वधार विकास एवंम स्वास्थ्य मन्त्री भुपेन्द्र राईले रसुवा–सिमपानी १५ किलोमिटर सडकको शिलान्यास गर्नुभएको छ । शनिबारखोटाङको खोटेहाङ गाउँपालिका–९ लिच्किराम्चे रसुवाबाट सिम्पानी–रोक्सिङभञ्ज्याङ हुँदै पानथारे भोजपुर जोड्ने सडकको मन्त्री भएको १०० दिन पुगेको अवसरमा उहाँले आफ्नो गृह जिल्लाको सडक कालोपत्रेको शिलान्यास गर्नुभएको हो ।

शिलान्यास कार्यक्रमका बोल्दै मन्त्री राईले सम्झौता मिति भित्रै सडक कालोपत्रे गरिसक्न निर्माण कम्पनीलाई निर्देशन दिनुभएको छ । बजेट मन्त्रालयले सुनिश्चित गर्ने तर सडक बिचैमा अलपत्र पारेर छाड्न निर्माण कम्पनीलाई छुट नभएको उहाँले उल्लेख गर्नुभयो । कोशी प्रदेश भौतिक पूर्वाधार विकास मन्त्रालयको ४६ करोड ७५ लाख ९८ हजार ६५७ रुपैयाँ ५६ पैसामा कालोपत्रे हुने बताइएको छ । हाल उक्त सडकको रसुवाबाट सिमपानीसम्मको १५ किलोमिटर सडक कालोपत्रे हुनेछ । ठेक्का सम्झौता अनुसार साढे ५ मिटर फराकिलो सडक ५ सेन्टीमिरटको कालोपत्रे हुनेछ ।

सडकको दुवैतर्फ एक मिटर सोल्जर रहनेछ, १ मिटर १० सेन्टीमिटरको नाली रहने पूर्वाधार विकास कार्यालय उदयपुरले जनाएको छ । याक्थुम्हाङ/रेग्मी/चुरिया जेभी निर्माण कम्पनीले सडक कालोपत्रेको जिम्मा पाएको हो । २०८१ साउन ७ गते सम्झौता भएको सडक कालोपत्रेको ठेक्काको म्याद ३६ महिना अर्थात २०८४ साउन ६ गतेसम्म रहनेछ । सम्झौता मिति भित्रै काम सम्पन्न गरेर सडक हस्तान्त्रण गर्ने निर्माण कम्पनीले जनाएको छ । समयमै काम सम्पन्न भए खोटाङ जिल्ला भित्रपर्ने मध्य पहाडी लोकमार्ग बाहेक कालोपत्रे हुने पहिलो जिल्लाको सडक रसुवा–सिम्पानी सडक बन्नेछ ।

ट्रयाक ओपन भएको लामो समयसम्म बर्खामा हिलाम्मे र हिउँदमा धुलाम्मे रहने रसुवा–पानधारे सडक अबको ३६ महिनाभित्रमा कालोपत्रे हुने निश्चित भएको हो । रसुवा–पानधारे सडक कालोपत्रे भएपछि सिङ्गो खोटेहाङ गाउँपालिकासँगै जिल्लाको दक्षिण भूगोलका आम नागरिकलाई तराइसँग जोडिन सहज हुनेछ ।

कोशी प्रदेश भौतिक पूर्वाधार विकास मन्त्रालयका सचिव अशोक साहको अध्यक्षतामा भएको सडक शिलान्यास कार्यक्रममा खोटेहाङ गाउँपालिकाका अध्यक्ष उदिम बहादुर राई, केपिलासगढी गाउँपालिकाका अध्यक्ष समिर राई, बराहपोखरी गाउँपालिकाका अध्यक्ष शालिकराम बञ्जरा, रावाबेसी गाउँपालिकाका अध्यक्ष फटिक कुमार श्रेष्ठ, हलेसी तुवाचुङ नगरपालिकाका उपप्रमुख रमेश राउत, खोटेहाङ गाउँपालिकाका उपाध्यक्ष रुपेश राई, कोशी प्रदेश भौतिक पूर्वाधार विकास मन्त्रालयका महाशाखा प्रमुखहरु लगायत विभिन्न वडाका वडाध्यक्षसँगै राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिहरुको उपस्थिति मन्त्रीका स्वकीय अमृत गिरीले जानकारी दिनुभयो ।

Previous Post

ओर्लाङघाटमा ह्युम पाइप राखियाे, सल्लेरी-माप्य हुँदै खुम्बु जाने सडक शनिबारबाटै सञ्चालन

Next Post

आजको मौसमः चार प्रदेशको हिमाली भु–भागमा हिमपात हुने, कहाँ कहाँ हुन्छ त हिमपात ?

Related Posts

हिमालयन ट्रष्टले गर्यो बाढीपीडितका लागि ५० लाख सहयोग

हिमालयन ट्रष्टले गर्यो बाढीपीडितका लागि ५० लाख सहयोग

September 8, 2026
0
मोन्भिसो फाउन्डेसनले बाढीपीडितका लागि ६० लाख छुट्यायो

मोन्भिसो फाउन्डेसनले बाढीपीडितका लागि ६० लाख छुट्यायो

September 8, 2026
0
सिद्धिचरण राजमार्गको साल्मे खण्डमा रात्रिकालीन आवागमन बन्द

सिद्धिचरण राजमार्गको साल्मे खण्डमा रात्रिकालीन आवागमन बन्द

September 7, 2026
0
निजामती सेवामा नागरिकमैत्री व्यवहार आवश्यक : प्रमुख प्रशासकीय अधिकृत थापा

Discussion about this post

Everest Highlights

भोटेकोशी बाढीमा हराइरहेका सोलुखुम्बुका १० जनाका आफन्तबाट डीएनए नमुना संकलन

भोटेकोशी बाढीमा हराइरहेका सोलुखुम्बुका १० जनाका आफन्तबाट डीएनए नमुना संकलन

September 7, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
हिमालयन ट्रष्टले गर्यो बाढीपीडितका लागि ५० लाख सहयोग

हिमालयन ट्रष्टले गर्यो बाढीपीडितका लागि ५० लाख सहयोग

September 8, 2026
मोन्भिसो फाउन्डेसनले बाढीपीडितका लागि ६० लाख छुट्यायो

मोन्भिसो फाउन्डेसनले बाढीपीडितका लागि ६० लाख छुट्यायो

September 8, 2026
सिद्धिचरण राजमार्गको साल्मे खण्डमा रात्रिकालीन आवागमन बन्द

सिद्धिचरण राजमार्गको साल्मे खण्डमा रात्रिकालीन आवागमन बन्द

September 7, 2026
No Result
View All Result

September 2026
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
27282930  
« Aug    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly