पौष ७, सोलुखुम्बु । सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिकामा आयोजित राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सम्पन्न भएको छ । गाउँपालिकाको महेन्द्र ज्योति माध्यमिक विद्यालयमा आयोजित प्र्रतियोगिता सम्पन्न भएको हो ।
गाउँपालिकामा आयोजित दोश्रो रनिङ शिल्ड प्रतियोगितामा महेन्द्र ज्योति मावि २८ अंकका साथ प्रथम भएको छ । यस्तै २० अंकका साथ खुम्जुङ मावि दोश्रो, १९ अंकका साथ खरिखोला मावि तेश्रो, ४ अंकका साथ लुक्ला आवि चौथो, र १ अंकका साथ जनसेवा आवि पाँचौ भएका छन् ।
यही पौष ३ गते देखी ५ गते सम्म सञ्चालन भएको प्रतियोगितामा ५ वटा विद्यालयको सहभागीता रहेको थियो । गाउँपालिकाका प्रवक्ता ल्हाक्पा छिरी शेर्पाको प्रमुख आतिथ्यतामा सम्पन्न प्रतियोगितामा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुजन कुमार बुढाथोकी लगायतको उपस्थीति रहेको थियो ।
Discussion about this post