Monday, September 28, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

सोलुदुधकुड नगरपालिकाको भवनको उपप्रधानमन्त्री सिंह र रक्षामन्त्रि राईले गरे शिलान्यास, भन्छन–‘काँग्रेस एमालेको गठबन्ध –संविधानलाई जोगाउन’

Radio Everest by Radio Everest
December 29, 2024
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

पौष १४, सोलुखुम्बु । उपप्रधान तथा शहरी विकास मन्त्री प्रकाशमान सिंहले काँग्रेस–एमालेको गठबन्धन संविधानको संसोधनकै लागि बनेको बताएका छन् । संविधानलाई सबैको अपनत्व हुने गरि संसोधन गर्न २ ठूला दल मिल्नु परेको भन्दै यो गठबन्धन लामो समयसम्म जाने बताउनुभएको छ । आईतबार सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिकाको प्रशासकीय भवनको शिलान्यास गर्दै उपप्रधानमन्त्री सिंहले जनतालाई अधिकार दिलाउन काँग्रेसले ठूला ठूला संघर्ष गरेको भन्दै जन अधिकारलाई थप सब बनाउन संविधान संसोधन जरुरी रहेको बताउनुभएको छ । उहाँले हिमाली जिल्लाको समानुपातिक विकासको लागि मन्त्रालय संवेदनशील रहेका बताउनुभएको छ ।

त्यस्तै रक्षामन्त्रि मानवीर राईले संविधान निर्माण पनि काँग्रेस एमालेले नै बनाएको भन्दै यसको संरक्षणका लागि संसोधन गर्नु पर्ने आवश्यक्ता रहेको उल्लेख गर्नुभयो । काँग्रेस एमालेलाई अहिले विभिन्न शक्तिहरुबाट चौतर्फी प्राहार गरेको र यसले ब्यवस्थामा नै असर गर्ने भन्दै अब दुई पार्टीले सबैलाई समेटेर ब्यवस्था जोगाउने गरि संविधान संसोधन गर्ने बताउनुभयो । उहाँले राश्वपाले सभापति लामिछाने जेल जाँदा सडकमा जात्रा देखाएको भन्दै एमाले नेतृत्वको सरकारले भ्रष्टाचारीहरुलाई नछाड्ने बताउनुभएको छ । उपप्रधानमन्त्री सिंह र रक्षामन्त्रिराईले संयुक्त रुपमा भवनको शिलान्यास गरेका छन् ।

सदरमुकाममा रहेको जिल्ला समन्वय समितिले हस्तान्तण गरेको २ रोपनी जग्गामा ईटाको जग हालेर मन्त्रिद्वयले शिालान्यास गरेका हुन् । भ्याटसहित ७ करोड १४ लाख १९ हजार ३ सय ६३ रुपैयाँ मा भवन निर्माण गर्न लागिएको नगरप्रमुख नाम्गेलजाङ्बु शेर्पाले जानकारी दिनुभयो । उक्त भवन आगामी २०८२ साल चैत ३० गते सम्पन्न गर्ने गरि २०८१ साल कार्तिक ५ गते आर एम सि पिआर एच बि जेभिले ठेक्का सम्झौता गरेको प्रमुख शेर्पाले बताउनुभयो । यस्तै कार्यक्रममा बोल्दै कोशी प्रदेशका सांसद एवं प्रदेश पुर्व सामाजिक विकास मन्त्री बुद्धिकुमार राजभण्डारीले सोलुखुम्बु जिल्लामा आउने बजेटका हिसाबले कमजोर रहेको र सरकारले बजेट थोरै पठाउने हो भने जिल्लाबाट प्राप्त हुने राजस्व लान नहुने उनको तर्क छ । यस्तै कार्यक्रममा बोल्दै नेपाली कांग्रेसका केन्द्रिय सदस्य एव पर्यटन विभाग प्रमुख आङ गेलु शेर्पाले राज्यले सोलु जस्तो पर्यटकीय जिल्लालाई प्रयाप्त रुपमा बिकास गर्न नसकेको उल्लेख गर्नुभयो । यस्तै अब बन्ने नगरको भवन जिल्लाकै गौरवको विषय भएको बताउदै यस भवनले सदरमुकामबासी मात्रै नभइ जिल्लाबासीलाई सहयोग पुग्ने विचार ब्यक्त गर्नुभयो । कोशी प्रदेश सांसद डोल्मा तामाङले जिल्लाका सबै पालिकामा १२ महिना सडक सञ्चालन गराउने काम गरे ।

संविधान सभा सदस्य एवं कोशी प्रदेश सभा सदस्य अमृत अर्यालले सोलुले राजस्व सरकारलाई पठाए बापत अन्य जिल्लाको हिसाबमा केही पनि नपाएको धारणा राख्नुभयो । राष्ट्रिय देखि अन्तर्राष्ट्रिय समेत पर्यटकको संभावना बोकेको जिल्लालाई विश्वव्यापी चिनाउन विकासले फट्को मार्नु पर्ने उहाँको भनाई छ । जिल्ला समन्वय समिति सोलुखुम्बुका प्रमुख कृष्णप्रसाद निरौलाले हिमाली जिल्ला सोलुको विकासमा राज्यको ध्यान पर्याप्त जान नसकेको बताउनुभयो । यस्तै सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी अनोज कुमार घिमिरेले जिल्लाको शान्ति सुरक्षाको अवस्था सामान्य रहेको जानकारी दिनुभयो ।

Previous Post

ङिम दोर्जि शेर्पा पर्यटन सडक उद्घाटन गर्न प्रधानमन्त्री ओली सोलुखुम्बु आउने

Next Post

दुई हप्तामै तीन पटक सगरमाथा आरोहण गर्ने श्रेष्ठ ‘सीएनएन’ को सूचीमा

Related Posts

हिम्लुङ हिमालमा हिमपहिरो : १४ जना अझै सम्पर्कविहीन, खोजी जारी

हिम्लुङ हिमालमा हिमपहिरो : १४ जना अझै सम्पर्कविहीन, खोजी जारी

September 28, 2026
0
सोलुखुम्बुको मौसम क्रमिक रूपमा सुधार हुँदै

सोलुखुम्बुको मौसम क्रमिक रूपमा सुधार हुँदै

September 28, 2026
0
सोलुखुम्बुमा कृषि पढ्दै १८३ विद्यार्थी, बढ्दैछ प्राविधिक शिक्षाप्रति आकर्षण

सोलुखुम्बुमा कृषि पढ्दै १८३ विद्यार्थी, बढ्दैछ प्राविधिक शिक्षाप्रति आकर्षण

September 27, 2026
0
चार दिनको रस्साकस्सीपछि दिक्तेल कांग्रेसमा सहमति, रामचन्द्रको नेतृत्वमा नयाँ टिम

Discussion about this post

Everest Highlights

सोलुखुम्बु कांग्रेसको पालिका नेतृत्व टुंगियो, को–को बने सभापति ?

सोलुखुम्बुमा कांग्रेस अधिवेशनको सरगर्मी, राजनितिक गर्मीले तात्यो सल्लेरी

September 27, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
हिम्लुङ हिमालमा हिमपहिरो : १४ जना अझै सम्पर्कविहीन, खोजी जारी

हिम्लुङ हिमालमा हिमपहिरो : १४ जना अझै सम्पर्कविहीन, खोजी जारी

September 28, 2026
सोलुखुम्बुको मौसम क्रमिक रूपमा सुधार हुँदै

सोलुखुम्बुको मौसम क्रमिक रूपमा सुधार हुँदै

September 28, 2026
सोलुखुम्बुमा कृषि पढ्दै १८३ विद्यार्थी, बढ्दैछ प्राविधिक शिक्षाप्रति आकर्षण

सोलुखुम्बुमा कृषि पढ्दै १८३ विद्यार्थी, बढ्दैछ प्राविधिक शिक्षाप्रति आकर्षण

September 27, 2026
No Result
View All Result

September 2026
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
27282930  
« Aug    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly