पौष १७, सोलुखुम्बु । इस्वी संवतको नयाँ वर्ष शुरू भएको छ । सन् २०२४ लाई बिदाइ गर्दै सन् २०२५ शुरू भएको हो । येशू ख्रीष्टको जन्म भएको वर्षदेखि पादरी ग्रेगोरियनले शुरू गरेकाले यसलाई ग्रेगोरियन पात्रो भन्ने गरिन्छ । यस्तै आज राष्ट्रिय पोशाक तथा टोपी दिवस मनाइँदैछ ।
नेपाली टोपी र पोशाकको प्रवद्र्धन गर्नका लागि भन्दै केही वर्षदेखि स्वतःस्फूर्त रुपमा इस्वी संवतको नयाँ वर्षको पहिलो दिन पारेर यो दिवस मनाउन थालिएको हो । नेपाली टोपीको साइनो बङ्गलादेशको ढाका, कस्मिर, टर्की, कैलाश पर्वत र पाल्पासँग जोडिन्छ । विशेषतः भाद्गाउँले टोपी र ढाका टोपीलाई नेपाली टोपीका रुपमा लिने गरिन्छ । तर विभिन्न समुदायले आ–आफ्नो पहिचान र परम्परा झल्किने खालका टोपी लगाउने गर्छन् ।
Discussion about this post