पौष १८, सोलुखुम्बु । खोटाङको रावा बेसी गाउँपालिकाले ज्येष्ठ नागरिकलाई सिरक वितरण गरिने भएको छ । पालिकाको आर्थिक बर्ष २०८१/०८२ मा बजेट विनियोजन गरि ८० बर्ष भन्दा माथिका ज्येष्ठ नागरिकलाई सम्मान स्वरुप सिरक वितरण गरिने भएको हो । जाडो वृद्धि हुँदै गएकाले ज्येष्ठ नागरिकलाई स्वस्थ राख्न न्यानो सिरक उपलब्ध गराईने गाउँपालिका अध्यक्ष फटिक कुमार श्रेष्ठले बताउनुभयो । बुधबार लामिडाँडाँ र खार्पाका ज्येष्ठ नागरिकलाई सिरक वितरण गरिएको छ, भने पौष १९ गते डुम्रेधारापानी र दुवेकोल, २० गते हौँचुर र कुभिण्डेमा सिरक वितरण गरिने प्रमुख प्रशासकीय अधिकृत सरोज रेग्मीले बताउनुभयो । ज्येष्ठ नागरिकको सम्मानसहित उहाँहरुलाई चिसोबाट बचाउन सिरक उपलब्ध गराइने उहाँको भनाई छ ।
ऐसेलुखर्क गाउँपालिका : राष्ट्रपति रनिङ शिल्डको उपाधि त्रिभुवन माविलाई
माघ ३०, सोलखुम्बु । खोटाङको ऐसेलुखर्क गाउँपालिकाको ५ औं राष्ट्रपति रनिङ शिल्डको उपाधि त्रिभुवन माध्यमिक विद्यालयले जितेको छ । माघ...
Discussion about this post