पौष २६, सोलुखुम्बु । निकुन्जको अधिनमा रहेको खुम्बु क्षेत्रमा हेलिकप्टरको उडानलाई पहिलाकै अवस्थामा निरन्तरता दिने सगरमाथा राष्ट्रिय निकुन्जको पछिल्लो कदम स्थानीय सरकारले नमान्ने भएको छ । खुम्बुपासाङल्हमु गाउँपालिकाले विज्ञप्ति जारी गर्दै निकुन्ज सहित भएको ब्यवशायीक उडान गर्न नदिने पुर्व सहमतिबाट एकाएक पछि हट्ने राष्ट्रिय निकुन्जको कदम प्रति घोर आपत्ति जनाएको छ ।
पालिका अध्यक्ष मिङ्मा छिरि शेर्पाले तीन तहका सरकार समन्वय, सहकार्य र सह–अस्तित्वका आधारमा संचालन हुने संविधानको मर्म रहेको र बातावरण संरक्षण र जैविक विविधता सम्बन्धि निर्णय गर्ने सम्पूर्ण अधिकार स्थानीय सरकारमा निहित भएको भन्दै खुम्बु क्षेत्रमा बातावरण खल्बलिने गरि ब्यवशायीक उडान गर्न नदिने स्पष्ट पारेका छन् । उनले विज्ञप्ति मार्फत विश्वसम्पदा सुचिमा रहेको क्षेत्रमा शान्तपूर्ण वातावरणमा मानव र पशुपंक्षिलाई बाच्न पाउने बातावरण खलल हुने गरि निस्चित पेश तथा ब्यवशायीहरुलाई मात्रै लाभ हुने गरि हुने ब्यवशायीक उडान स्थानीय सरकारलाई स्विकार्य नहुने स्पष्ट पारेका छन् ।
आपतकालिन उद्धार, मालसामानको ढुवानीकालागि हवाई उड्यानलाई सहज बनाउन पालिका तत्पर रहेका अवस्थामा ब्यवशायीहरुले हेलि उडान स्थगन गर्नु समाजिक उत्तरदायीत्वबाट विमुख हुन खोजेको आरोप पालिकाले लगाएको छ । निकुन्जले भने जसरि उडान भर्न नदिने अडानमा रहेको पालिकाले सर्वपक्षिय छलफल मार्फत उद्धार तथा ढुवानीका लागि उडान भर्न दिने जनाएको छ ।
यस अघि हेलिसंचालकहरुले खुम्बु क्षेत्रमा कुनै पनि उडान नभर्ने घोषणा गरे पछि जिल्ला प्रशासनले उडानको वातावरण बनाउनका लागि शान्तिसुरक्षाको जिम्मा लिँदै उडान रोक्न खोज्नेले कानुनी कार्बाहीको चेतावनी दिएको थियो । लगत्तै सगरमाथा राष्ट्रिय निकुन्ज रातारात आफ्नो पुर्ववर्ति अडानबाट पछि हट्दै शुल्क बुझाएर उडान खुल्ला गर्ने निष्कर्शमा पुगेको थियो ।
Discussion about this post