पौष २६, सोलुखुम्बु । सोलुखुम्बुको माप्य दुधकोशी गाउँपालिका वडा नम्बर ६ स्थित सगरमाथा माविमा विविध शैक्षिक कार्यक्रम सम्पन्न भएको छ । माप्य दुधकोशी गाउँपालिकाको सहकार्य तथा सगरमाथा माविको आयोजनामा शुक्रबार कार्यक्रम सम्पन्न गरिएको हो ।
कार्यक्रममा अन्तर आधारभूत विद्यालय स्तरीय अनुलेखन तथा हिज्जे प्रतियोगिता समावेश गरिएको माप्यबाट सहकर्मी देवि प्रसाद घिमिरेले जानकारी दिनुभयो । उहाँका अनुसार अनुलेखन प्रतियोगितामा चोच्मि आवि प्रथम, सगरमाथा मावि द्धितिय, जलेश्वरी आवि र पशुपति आवि सन्त्वना भएका छन् ।
यस्तै हिजे प्रतियोगिता तर्फ सगरमाथा मावि प्रथम, जलेश्वरी आवि द्धितिय, चोच्मि आवि तृतिय र सगरमाथा आवि सान्त्वना भएका छन् । प्रतिस्पर्धीहरुलाई कलम कापि पुरस्कार प्रदान गरिएको छ । उक्त प्रतियोगितामा ७ वटा विद्यालयका विद्यार्थीहरुको सहभागीता रहेको थियो ।
Discussion about this post