पौष २९, सोलुखुम्बु । हिमाली जिल्ला सोलुखुम्बुको माथिल्लो क्षेत्रमा हिमपातका कारण जनजीवन प्रभावित बनेको छ । जिल्लाको खुम्बुपासाङ ल्हामु गाउँपालिका ४ र ५ मा हिमपातका कारण जनजिवन प्रभावित बनेको हो । यहाँका स्थानीय वासीन्दा घरबाट खासै बाहिर निस्कन सकेका छैनन् । घरैमा दाउरा बाल्ने र शरीरलाई न्यानो बनाएर राख्ने काम गरेका छन् भने अन्य सरकारी कार्यालयका कर्मचारीले समेत सोही विधि अबलम्बन गर्ने गरेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी नायव उपरीक्षक द्धारिका प्रसाद घिमिरेले जानकारी दिनुभयो ।
सुरक्षाका लागि स्थापना गरिएको प्रहरी चौकीमध्ये सबैभन्दा बढी उचाईमा खुम्जुङ प्रहरी चौकी पर्छ। जुन समुद्री सतहदेखि ३७७० मिटर उचाइमा पर्छ । नागरिकहरुको सुरक्षाका लागि इलाका प्रहरी कार्यालयहरु नाम्चे, थाम्बुचे खुम्जुङ र दिङबुचेले सोहि क्षेत्रमा हिमपात परेकाले चिसोबाट बच्नका लागी जनचेतनामुलक कार्यक्रम गरिरहेको छ ।
Discussion about this post