Friday, July 17, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

‘राष्ट्रिय बाख्रा दिवस ’बोका प्रदर्शनी गरेर मनाइयो

Radio Everest by Radio Everest
January 18, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

माघ ०५,साेलुखुम्बु ।   किसानलाई व्यावसायिक बाख्रापालनमा आकर्षित गर्ने उद्देश्यले ‘पोषिलो आहार, बाख्रापालनमा गुणात्मक सुधार’ भन्ने नाराका साथ चौथो राष्ट्रिय बाख्रा दिवस मनाइएको छ ।

नेपाल राष्ट्रिय व्यवसायिक बाख्रापालक महासङ्घ, भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र तनहुँ, राष्ट्रिय बाख्रा अनुसन्धान कार्यक्रम बन्दीपुर, भानु नगरपालिका नगरकार्यापालिकाको कार्यालय, पशुपक्षी तथा मत्स्य विकास शाखा फुस्रेटार र बरभञ्ज्याङ बाख्रापालक समूहको आयोजनामा बोका प्रदर्शनीसहित दिवस मनाइएको हो ।किसानले पालेका स्थानीय तथा उन्नत जातको बोका प्रदर्शनीमा उत्कृष्टलाई छनोट गरिएको छ । स्थानीय जाततर्फ भानु नगरपालिका–५ का चोबकान्त पोख्रेलको बोका ८६ दशमलव ३१ प्रतिशत अङ्क प्राप्त गरी प्रथम भएको छ ।

भानु–६ डाँडाचोकका विमला अधिकारीको बोका ८२ दशमलव ७७ प्रतिशत अङ्कसहित द्वितीय, भानु–५ बारीफाँटका रोमन अधिकारीको बोका ८२ दशमलव ५८ प्रतिशत अङ्क प्राप्त गरी तृतीय र भानु–५ बारीफाँटका काजीराम अधिकारीको बोका ७६ दशमलव ६७ प्रतिशतसहित सान्त्वना भएको छ ।

प्रथम, द्वितीय, तृतीय र सान्त्वनालाई क्रमशः १० हजार, आठ हजार, ६ हजार र चार हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिएको महासङ्घका केन्द्रीय सदस्य कुशलचन्द्र अधिकारीले जानकारी दिए ।

उन्नत जाततर्फ भानु–६ बडारेका मानसिंह गुरुङको बोका ८८ दशमलव ८९ प्रतिशत प्राप्त गरी प्रथम, भानु–६ का काजी थापाको बोका ८३ दशमलव ५० प्रतिशतसहित द्वितीय, भानु–१ सिमलटारीका रामबहादुर गुरुङको बोका ८० दशमलव ९३ प्रतिशतसहित तृतीय र भानु–४ गोगनपुरका तिलकुमारी अधिकारीको बोका ८० दशमलव ८९ प्रतिशतसहित सान्त्वना भएको छ । प्रथम, द्वितीय, तृतीय र सान्त्वनालाई क्रमशः १० हजार, आठ हजार, ६ हजार र चार हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिएको महासङ्घले जनाएको छ ।

जातीय गुण, उमेर, स्वभाव, कद, टाउको, घाँटी, छाती, कम्मर, खुट्टा र खुट्टाको संरचना, शारीरिक अवस्था, मांसपेशीको अवस्था, चालको अवस्था, स्वास्थ्य स्थिति, सरसफाइ, प्रजनन् क्षमतालगायत मापदण्ड निर्धारण गरी अङ्क प्रदान गरिएको महासङ्घका केन्द्रीय सदस्य अधिकारीले जानकारी दिए । बाख्राको उत्पादन परिकार तथा बाख्राको सुधारिएको मलको प्रदर्शनी गरिएको थियो ।

नेपाल व्यावसायिक बाख्रापालक महासङ्घका केन्द्रीय अध्यक्ष गेविन्द सुवेदीले किसानलाई व्यावसायिक बाख्रापालनतर्फ आकर्षित गर्न र प्रोत्साहनका साथै स्वस्थ र पोसिलो आहारको व्यवस्थापनमा सहयोग पुर्याउने उद्देश्यले राष्ट्रिय बाख्रा दिवसमा प्रतियोगिता आयोजना गरिएको बताए ।

‘यस प्रदर्शनीपछि यहाँका निर्वाहमुखी बाख्रापालकलाई स्वस्थ र गुणस्तर आहार घरमा व्यवस्थापन गर्न सहयोग पुर्‍याउने अपेक्षा गरेका छौँ,’ उनले भने । निर्वाहमुखी बाख्रापालनलाई सुधार गरी गुणात्मक तथा व्यावसायिकतातर्फ प्रेरित गर्न पनि यो प्रदर्शनले सहयोग पुग्ने उनको भनाइ छ ।

राष्ट्रिय बाख्रा अनुसन्धान कार्यक्रम बन्दीपुरका प्रमुख राजु खड्काले बाख्रापालन गर्ने किसानको सङ्ख्या पछिल्लो समय बढ्दै गएकाले किसानलाई प्रोत्साहन गर्न प्रदर्शनी आयोजना गरिएको बताए । बाख्रापालन गर्नेको सङ्ख्या बढेअनुरुप तिनको स्याहार, गुणस्तरीय उत्पादन, स्वस्थ र पोसिलो आहारसहित बाख्रापालन सेपालाई मर्यादित र व्यावसायिक बनाउन सहयोग पुग्ने उनले विश्वास व्यक्त गरे ।

Previous Post

तराईमा हुस्सु र कुहिरो, हिमाली क्षेत्रमा हिमपातको सम्भावना

Next Post

सिन्धुलीमा मोटरसाइकल दुर्घटनाका घाइतेको मृत्यु

Related Posts

आजको मौसम : अधिकांश स्थानमा वर्षा र चट्याङको जोखिम

आजको मौसम : अधिकांश स्थानमा वर्षा र चट्याङको जोखिम

July 17, 2026
0
आज साउने संक्रान्ति : परम्पराअनुसार लुतो फाल्दै रोगबाट बच्ने विश्वास

आज साउने संक्रान्ति : परम्पराअनुसार लुतो फाल्दै रोगबाट बच्ने विश्वास

July 17, 2026
0
चौदण्डीगढी नगरपालिकाको सार्वजनिक सुनुवाइ सम्पन्न

चौदण्डीगढी नगरपालिकाको सार्वजनिक सुनुवाइ सम्पन्न

July 16, 2026
0
 निर्माणाधीन प्रशासनीक भवनबाट सोलुदुधकुण्डले पारित गर्याे  ८८ कराेड बढीको बजेट 

 निर्माणाधीन प्रशासनीक भवनबाट सोलुदुधकुण्डले पारित गर्याे ८८ कराेड बढीको बजेट 

July 16, 2026
0
Next Post
सिन्धुलीमा मोटरसाइकल दुर्घटनाका घाइतेको मृत्यु

सिन्धुलीमा मोटरसाइकल दुर्घटनाका घाइतेको मृत्यु

Discussion about this post

Everest Highlights

आजको मौसम : अधिकांश स्थानमा वर्षा र चट्याङको जोखिम

आजको मौसम : अधिकांश स्थानमा वर्षा र चट्याङको जोखिम

July 17, 2026
आज साउने संक्रान्ति : परम्पराअनुसार लुतो फाल्दै रोगबाट बच्ने विश्वास

आज साउने संक्रान्ति : परम्पराअनुसार लुतो फाल्दै रोगबाट बच्ने विश्वास

July 17, 2026
चौदण्डीगढी नगरपालिकाको सार्वजनिक सुनुवाइ सम्पन्न

चौदण्डीगढी नगरपालिकाको सार्वजनिक सुनुवाइ सम्पन्न

July 16, 2026
 निर्माणाधीन प्रशासनीक भवनबाट सोलुदुधकुण्डले पारित गर्याे  ८८ कराेड बढीको बजेट 

 निर्माणाधीन प्रशासनीक भवनबाट सोलुदुधकुण्डले पारित गर्याे ८८ कराेड बढीको बजेट 

July 16, 2026
काठमाडौँमा बसोबास गर्ने फाप्लुका नागरिकलाई लक्षित गरी एकीकृत सेवा शिविर

काठमाडौँमा बसोबास गर्ने फाप्लुका नागरिकलाई लक्षित गरी एकीकृत सेवा शिविर

July 16, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
आजको मौसम : अधिकांश स्थानमा वर्षा र चट्याङको जोखिम

आजको मौसम : अधिकांश स्थानमा वर्षा र चट्याङको जोखिम

July 17, 2026
आज साउने संक्रान्ति : परम्पराअनुसार लुतो फाल्दै रोगबाट बच्ने विश्वास

आज साउने संक्रान्ति : परम्पराअनुसार लुतो फाल्दै रोगबाट बच्ने विश्वास

July 17, 2026
चौदण्डीगढी नगरपालिकाको सार्वजनिक सुनुवाइ सम्पन्न

चौदण्डीगढी नगरपालिकाको सार्वजनिक सुनुवाइ सम्पन्न

July 16, 2026
No Result
View All Result

July 2026
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
262728293031  
« Jun    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly