माघ ८, सोलुखुम्बु । सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका वडा नम्बर ८ पत्तालेमा व्यक्तिगत जंगलमा आगलाी भएको छ । दिउँसो १ बजे पत्तालेका याम बहादुर मगरको पाखो बारीमा बुङ पोल्दै गर्दा नजिकै रहेको जगंलमा आगलागी भएको हो । आगलागी भएको जानकारी प्राप्त भएसँगै प्रहरी चौकी केरुङका प्रहरी र स्थानीयबासीहरुले आगो नियन्त्रणमा लिने प्रयास गरिरहेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी नायव उपरीक्षक द्धारिका प्रसाद घिमिरेले जानकारी दिनुभयो ।
Discussion about this post